logo
२०८० चैत्र १६ शुक्रवार



भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

अन्तर्राष्ट्रिय |


भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने


नयाँ दिल्ली, भदौ २६ गते। भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जानुहुने भएको छ । उहाँ यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नु हुने भएको अधिकारीहरुले जानकारी दिएका छन् । सुरुमा उहाँले सेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ ।
पोर्चुगलमा रहँदा उहाँले विदेशमन्त्री लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्नुहुने जनाइएको छ ।
सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ ।
त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उहाँले स्पेनको भ्रमण गर्नुहुने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?