logo
२०८० चैत्र १६ शुक्रवार

  मनाङ र मेलम्चीले सिकाएकाे पाठ  



मनाङमा मापन यन्त्रै थिएन, सिन्धुपाल्चाेकमा चेतावनी दिनुअघि नै बगायाे

खुला |


मनाङमा मापन यन्त्रै थिएन, सिन्धुपाल्चाेकमा चेतावनी दिनुअघि नै बगायाे


छेटु शेर्पा
काठमाडौं, असार २ गते । कहिल्यै पानी नपर्ने क्षेत्रको रुपमा लिइने हिमाली जिल्ला मनाङ र मुस्ताङमा परेको पानीले सयभन्दा बढी परिवारलाई विस्थापित बनाएको छ भने लाखौंको क्षति पु¥याएको छ । सम्वेदनशिल क्षेत्रको रुपमा नलिएको मनाङ क्षेत्रमा जल तथा मौसम विज्ञान विभागले वाढी मापनको यन्त्र जडान नगरेकाले पूर्वसूचना दिने र सचेतनाका कुनै पनि कदम अपनाएका थिएनन् । तर मंगलबार र बुधबार त्यस क्षेत्रमा एक वर्षमा पर्ने पानी मध्ये ८० प्रतिशत पानी परेपछि अपत्यारिलो विपत्ति नै निम्त्याएको जल तथा मौसम विज्ञान विभाग सूचना अधिकारी विक्रम श्रेष्ठले बताउनुभयो ।
‘यस क्षेत्रमा वर्षभरीमा दुई सय मिलिमिटर पानी पर्ने गरेको तथ्याङक छ तर दुई दिनमै ८० प्रतिशत पानी प-यो र विपत्ति निम्त्याएको उहाँले बताउनुभयो । सम्वेदनशील क्षेत्र नमानेकाले पूर्वसूचना दिन सकेनाैं उहाँले भन्नुभयो ।

यो मनाङ क्षेत्र हुँदै मस्याङदी नदीमा आएको वाढीले जनजीवनमा पारेको असरले जल तथा मौसम विज्ञान विभागलाई नयाँ पाठ सिकाएको श्रेष्ठले बताउनुभयो । मस्याङदी नदीमा पानीको बहाव बढेसँगै सदरमुकाम चामेबजारका करिब ६० घर र नासों गाउँपालिका– १ तालगाउँका ४८ परिवार विस्थापित भएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । यस क्षेत्रमा ठूला नदीहरु पनि नभएको र पानी नपर्ने गरेको भन्दै पूर्वसूचनाका कुनै पनि व्यवस्था नगरेको विभागले स्वीकारेको छ । ठूला नदीहरु नभएको तर साना सहायक नदीहरुबाट बाढी आएपछि मस्याङदी नदीमा पानीको बहाव उच्च भएको विभागले जनाएको छ ।

‘हिमाली जिल्ला मनाङ मुस्ताङमा कम पानी पर्दा समेत क्षति बढी पु-याउने गर्छ किनकी माटोलाई हिउँले खाएर नरम बनाएको हुन्छ’ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । थोरै पानी पर्दा बढी असर गर्ने क्षेत्र हो तर आफूले जानकारी भएदेखिकै सबैभन्दा बढी पानी परेको अर्यालले बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाका २८८ वटा स्वचालित स्टेशन, अन्य मेनुअल स्टेशन गरी तीसय वटा स्टेशनबाट हुने गरेको मापनलाई समेत थाहा नहुने गरी अपेक्षा भन्दा बाहिर भयो, नसोचेको क्षेत्र ढुवान भयो,’ उहाँले भन्नुभयो । यो वर्ष मध्य र पश्चिमी भूभागको हिमाली र पहाडी भेगमा मनसुन सकृय हुने विभागले पूर्वानुमान गरेको थियो ।

बाढी मापनको उपकरण बगाएपछि सूचना दिन पाएनौं
सिन्धुपाल्चोकको मेलाम्ची र बलेफी खोलामा बाढी आएको पुर्वसूचना दिन जल तथा मौसम विज्ञान विभाग असफल भएको छ । हामीले वाढी मापन गर्ने उपकरण खोलामा पाँच मिटरमा राखेका थियौं तर वाढी छ मिटर सम्म आएर बगाएपछि पूर्वसूचना दिन असफल भएको विभाग सूचना अधिकारी विक्रम श्रेष्ठले बताउनुभयो । वर्षाले भन्दा पनि पहिरोका कारण वाढी आएकाले विपत्ति निम्तिएको उहाँले बताउनुभयो ।

विभागले गरेको अनुसन्धानमा मेलम्ची घ्याङ क्षेत्रमा पहिरो आएर खोला थुनिएको र केही समयमै फुटेपछि कल्पना भन्दा ठूलो वाढी आएर क्षति पु¥याएको जनाएको छ । बलेफी खोलामा आएको वाढीको पूर्वसूचना दिएको सात मिनेटमै बाढी आएपछि सर्तकता अपनाउन नसकेको र मेलम्ची खोला क्षेत्रमा सूचना दिन नपाएको श्रेष्ठको बताउनुभयो ।

गण्डकी नदी क्षेत्रमा दुई दिन भित्र पाँच लाख भन्दा बढी एसएमएस पठाएर पूर्वसूचित गराएको विभागको भनाइ छ । सरकारले सिन्धुपाल्चोक तथा मनाङ विपत्तिमा परेका तथा घाइतेलाई हेलिकप्टरबाट उद्धार शुरु गरेको छ । विभागका अनुसार अझैँ केही दिन पानी रहने सम्भावना नरहेको र देशैभर मनसुन सकृय रहेकाले केही दिन हल्कादेखि मध्यम खालको वर्षा निरन्तर हुने सम्भावना रहेको मौसम पुर्वनुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । मनसुन शुरु भएयता देखि नै छोटो समयमा देशैभर मनसुन सकृय भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?