logo
२०८० चैत्र १६ शुक्रवार



नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा

अन्तर्राष्ट्रिय |


नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनका पक्षमा
तस्विर-फाइल


ब्रसेल्स, जेठ २९ गते।
नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ । नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको जनाइएको हो ।
नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ । उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।
आफ्ना देशहरु सो नेटो संगठनमा रहनु उचित हुन्छ कि हुदैन भनेर सो सर्वेक्षण गरिएकोमा आवद्ध ८६ प्रतिशत नागरिकले आफ्नो देश सो संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए । उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका सो अनुसन्धानमा पाइएको पनि बताइएको छ ।
पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठेको छ । कतिपय देशका नागरिकले आफ्नो देश सो गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?