logo
२०८१ बैशाख ८ शनिवार



श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिबन्धकाे समयावधि फेरि थप

अन्तर्राष्ट्रिय |


श्रीलङ्कामा आन्तरिक यात्रा प्रतिबन्धकाे समयावधि फेरि थप
तस्विर-फाइल


कोलम्बो, जेठ २९ गते।
श्रीलङ्कामा देशभरि लागु गरिएको यात्रा प्रतिबन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरि आन्तरिक यात्रा गर्न प्रतिबन्ध लगाएको जानकारी दिएका छन् ।
यसअघि लागु हुँदै आएको प्रतिबन्धात्मक व्यवस्थालाई निरन्तरता दिने विषयमा शुक्रबार निर्णय भएको उनीहरूले बताएका छन् ।
कोरोनाभाइरसको महामारी अझै पनि नियन्त्रणमा आइनसकेकाले यात्रामा प्रतिवन्ध लगाउनु पर्ने भएको अधिकारीहरुले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरुसँगको बैठक र सुझावका आधारमा यात्रा प्रतिवन्धको अवधि लम्व्याउने निश्कर्षमा पुगेको श्रीलङ्काका सेना प्रमुख शाभेन्द्र सिल्भाले जानकारी दिनुभयो । राष्ट्रपति र प्रधानमन्त्रीद्वयले पनि यात्रा प्रतिवन्ध लम्ब्याउने कुरामा स्वीकृति दिनुभएको कोरोनाभाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुखसमेत रहनुभएका प्रधान सेनापति सिल्भाले बताउनुभयो । यसअघि लागु गरिएको यात्रा प्रतिबन्धसम्बन्धी व्यवस्था यही जुन १४ तारिखमा सकिने भएकाले १५ तारिखदेखि लागु हुनेगरी प्रतिबन्धको नयाँ व्यवस्था गरिएको हो । श्रीलङ्कामा कोरोनाभाइरसको महामारीका कारण अहिलेसम्म दुई लाख १८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?