logo
२०८१ बैशाख १२ बुधवार



श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै

अन्तर्राष्ट्रिय |


श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट दैनिक मृत्यु दर उच्च हुदै
तस्विर-फाइल


कोलोम्बो, जेठ २८ गते।
श्रीलङ्कामा पनि कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको दैनिक संख्या बढेको छ । गत २४ घण्टामा श्रीलङ्कामा कोरोना सङ्क्रमणबाट १०१ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिको कूल संख्या दुई हजार ११ जना पुगेको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार छ सय भन्दा बढी थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । श्रीलङ्कामा कोरोना शुरु भएदेखि हालसम्म दुई लाख १६ हजार १३४ जना व्यक्ति सङ्क्रमति भइसकेका छन् । श्रीलङ्कामा ३१ हजार ९८६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले आज जानकारी दिएको छ ।
श्रीलङ्कामा पनि कोभिड–१९ को तेस्रो भेरिएन्ट शुरु भएको बताइएको छ । राष्ट्रव्यापी रुपमा यात्रा प्रतिबन्ध गरिएको छ । प्रतिबन्ध आगामी जुन १४ बाट खुल्ला गरिने अनुमान गरिएको छ । गत दुई महिनायता एक लाख भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित थपिएका पनि सरकारी स्रोतले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?