logo
२०८० चैत्र १५ बिहीवार



चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

अन्तर्राष्ट्रिय |


चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो
तस्विर-रोयटर्स


बेइजिङ, जेठ २८ गते। चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ ।
विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४ करोड, ब्राजिलमा ७ करोड, बेलायतमा करिब ७ करोड, जर्मनीमा पाँच करोड ७९ लाख, फ्रान्स र इटालीमा चार–चार करोड खोप दिइसकेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हाल ३७ लाख ८९ हजार व्यक्तिको कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । विश्वभर कुल १७ करोड ५६ लाख संक्रमित भएका मध्ये १५ करोड ९२ लाख सङ्क्रमणमुक्त भएका छन् ।
हालसम्म संयुक्तराज्य अमेरिकामा छ लाख १४ हजार, भारतमा तीन लाख ६३ हजार, ब्राजिलमा चार लाख ८२ हजार, फ्रान्समा एक लाख १० हजारको ज्यान गएको छ ।
कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउन खोप नै सर्वोत्कृष्ठ उपाय रहेको अध्ययनहरुले देखाएका छन् । तर विश्वका सबैजसो मुलुकमा समानुपातिक रुपमा खोप उपलब्ध हुन नसक्दा खोप लगाउने अभियानमा नराम्रो प्रभाव परेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?