logo
२०८० चैत्र १५ बिहीवार



साेमबारसम्म काठमाडौमा तीन हजारले लागाए दोस्रो चरणको खोप

स्वास्थ्य |


साेमबारसम्म काठमाडौमा तीन हजारले लागाए दोस्रो चरणको खोप


आशा साह
काठमाडौं, जेठ ४ गते । दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकामा जेठ ३ गते २० हजार ३५४ जनाले भेरोसेलको दोस्रो डोज खोप लगाएका छन् ।
महानगरपालिकाले गत चैत २५ देखि वैशाख १५ गतेसम्म भरोसेलको पहिलो मात्रा लगाइका १६ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई जेठ २ गतेदेखि दोस्रो मात्राको खोप दिन शुरु गरेको हो ।
यसका लागि महानगरभित्रका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ । जेठ २ गतेदेखि शुरु भएको दोस्रो डोज खोप अभियान अन्तर्गत जेठ ३ गते ९ हजार ९८५ जनाले खोप लगाएका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ मा ५८१ जनाले भेरोसेल खोपको दोस्रो मात्र लागाएका छन् । जसमा पुरुष ३८० र महिला २०१ रहेका छन् ।
वडा नम्बर २ मा ५७५ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । जसमध्ये २७६ पुरुष र २९९ महिला रहेका छन् ।
वडा नम्बर ३ मा ७४४ जनाले खोप लगाएका छ । जसमा ४३६ पुरुष र ३०८ महिला रहेका छन् ।
त्यस्तै वडा नम्बर ४ मा ९६५ जनाले खोप लगाएका छन् । जसमध्ये ५१२ पुरुष र ४५३ महिला रहेका छन् ।
वडा नम्बर ५ मा ४२७ पुरुष २२८ महिला गरि ६५५ जना, ६ मा ५२९ जना पुरुष र ४०८ जना महिला गरि ९३७ जना, ७ मा ३१२ जना पुरुष र १८६ जना महिला गरि ४९८ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
यसैगरी वडा नम्बर ८ मा ३०८ जनाले खोप लगाएका छन् । जसमा १०३ पुरुष र २०५ महिला रहेका छन् ।
वडा नम्बर ९ मा ६४९ जनाले दोस्रो मात्रा खोप लगाएका छन् । जसमध्ये ३५६ पुरुष र २९३ महिला रहेका छन् ।
वडा नम्बर १० मा ४६५ पुरुष र ४१९ महिला गरि ८८४ जनाले खोप लगाएका छन् । वडा नम्बर ११ मा ५५६ पुरुष र २९९ महिला गरि ८५५ जनाले खोल लगाएका छन् । वडा नम्बर १२ मा ७२६ जनाले दोस्रो मात्रा लगाएका छन् । जसमा ४८९ पुरुष र २३७ जना महिला रहेका छन् ।
वडा नम्बर १३ मा ११ सय चार जनाले खोप लगाएका छन् । जसमा ६३६ पुरुष र ४६८ जना महिला रहेका महानगरले जेठ ३ गते जारी गरेको विवरणमा उल्लेख छ ।
त्यस्तै वडा नम्बर १४ मा ७८० जनाले खोप लगाएका छन् । जसमा ४८० पुरुष र ३०० महिला रहेको छन् ।
वडा नम्बर १५ मा ८५४ जनाले रहेका छन् । जसमा ५०२ पुरुष र ३५२ महिला रहेका छन् ।
वडा नम्बर १६ मा एक हजार ८७ जनाले दोस्रो डोज खोप लगाएका छन् । जसमा ६७८ पुरुष र ४०९ महिला रहेका छन् ।
वडा नम्बर १७ मा ८०३ जनाले दोस्रो डोज लगाएका छन् । जसमा ४९२ पुरुष र ३११ महिला रहेका छन् ।
वडा नम्बर १८ मा ३७० जनाले खोप लगाएका छन् । जसमा २३५ पुरुष १३५ महिला रहेका छन् । वडा नम्बर १९ मा ४९ जना पुरुष र ४५ जना महिला गरि जम्मा ९४ जनाले दोस्रो डोज लगाएका छन् ।
महानगरद्वारा जारी विवरण अनुसार वडा नम्बर २० मा १८९ जनाले दोस्रो डोज खोप लगाएका छन् । जसमा ११९ पुरुष र ७० जना महिला रहेका छन् ।
वडा नम्बर २१ मा १८७ जनामध्ये ११० पुरुष र ७७ जना महिलाले दोस्रो डोज लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?