logo
२०८० चैत्र १६ शुक्रवार



बुटवलमा अक्सिजन प्लान्ट स्थापना गर्न पालिकाहरुको पहल

फिचर |
प्रदेश |


बुटवलमा अक्सिजन प्लान्ट स्थापना गर्न पालिकाहरुको पहल


दीपक ज्ञवाली
बुटवल,जेठ २ गते । अक्सिजनको अभावकै कारण कोरोना सङ्क्रमितको मृत्यु दर बढेपछि रुपन्देहीमा बृहदस्तरको अक्सिजन प्लान्ट उद्योग स्थापना गर्ने सहमति भएको छ ।बुटवल उपमहानगरपालिकामा आइतवार जिल्लाका पालिकाका प्रमुख तथा संघ संस्थाहरुको वैठकले अक्सिजन प्लान्ट उद्योग स्थापनागर्ने निर्णय गरेको हो ।

रुपन्देहीका स्थानीय तहबाटै अक्सिजनको स्थायी प्लान्ट सहितको उद्योग स्थापना गर्ने र नियमित उत्पादन गर्ने गरी बुटवल उपमहानगरपालिकाको अगुवाइमा पालिकाहरुका बीचमा छलफल भएको हो ।
बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको संयोजकत्वमा प्लान्ट स्थापनाका लागि सात सदस्यीय समिति गठन गरिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णवहादुर क्षेत्रीले बताउन भयो ।
उहाँकाअनुसार छिटोभन्दा छिटो प्लान्ट स्थापना गरेर जिल्लाका अस्पतालमा चाहिने सवै अक्सिजन उत्पादन गर्ने पालिकाहरुवीच सहमति भएको छ ।

कामलाई तीव्ररुपमा अघि बढाउन विज्ञ र प्राविधिकसहितको अर्को कार्यकारी संयन्त्र गठन गरिने बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । पालिकास्तरीय समितिमा बुटवल उपमहानगरपालिकाका प्रमुख संयोजकसहित सैनामैना, देवदह, तिलोत्तमा, सियारी र मर्चवारी, शुद्धोधन गाउँपालिकाका प्रमुख सदस्य हुनुहुन्छ ।

समितिले सोमवारदेखि नै विज्ञहरुसंग परामर्श गरी अक्सिजन प्लान्ट उद्योग निर्माणका लागि काम अघि बढाउने सहमति गरेको छ । त्यसैगरी बैठकले प्लाण्ट स्थापनाका लागि बुटवलले एक करोड, नगरपालिकाहरुले ५०-५० लाख र गाउँपालिकाहरुले २०-२० लाख रकम प्रदान गर्ने सहमति भएको छ ।

यसैगरी लायन्स क्लबअ फ भैरहवा ग्रीनसिटीले भीम अस्पताल भैरहवामा अक्सिजन प्लान्ट स्थापनाका लागि एक लाख एक हजार रुपियाँ सहयोग गर्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?