logo
२०८० चैत्र १६ शुक्रवार



अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ १७ सम्म लम्बियाे

अर्थ |
पर्यटन |


अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध जेठ  १७ सम्म लम्बियाे


गाेरखापत्र अनलाइन

काठमाडौं, बैशाख २८ गते । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले मंगलबार एक सूचना जारी गर्दै सो जानकारी दिनुभएको हो । यसबारे उहाँले सबै वायुसेवा कम्पनीलाई जानकारी गराउनुभएको छ ।

यसबीचमा भारतसँग सातामा दुई उडान भने निरन्तर रहने सूचनामा उल्लेख छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिवन्ध लगाउने निर्णय गरेकोमा यसलाई लम्ब्याएर सरकारले १७ जेठमा पुर्‍याइएको हो ।  यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?