logo
२०७८ जेष्ठ ५ बुधवार



आगलागीबाट  १० लाखको चिया क्षति  

प्रदेश |


आगलागीबाट  १० लाखको चिया क्षति  


इलाम, वैशाख ९ गते । सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।    
 कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?