logo
२०८० चैत्र १६ शुक्रवार



एमाले अध्यक्ष ओली र नेता नेपालबीच दोस्रो भेटवार्ता सम्पन्न 

मुख्य समाचार |


एमाले अध्यक्ष ओली र नेता नेपालबीच दोस्रो भेटवार्ता सम्पन्न 
तस्बिर साभार : सूर्य थापाकाे फेसबुक


सपना थामी
काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचमा काठमाडौंको नागपोखरीस्थितको मेरियट होटलमा भएको दोस्रो भेटवार्ता सम्पन्न भएको प्रधानमन्त्रीकाआर्थिक मामिला सल्लाहकार मोतिलाल दुगडले जानकारी दिनुभयो ।

उहाँले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको दोस्रो भेटवार्ता पनि सकारात्मक भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।  यसअघि पुस ५ गते प्रतिनिधिसभा विघटनपछि पार्टी अध्यक्ष ओली र नेता नेपालबीचमा तिक्तता भएकै अवस्थामा हिजो बुधबार साँझ ओली र नेपालबीचमा  भेटवार्ता भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा हुने पूर्वसन्ध्यामा हिजो भएको ओली र नेपालबीचको भेटले सत्तारुढ नेकपा एमालेभित्र सकारात्मक तरङ्ग पैदा गरेको थियो । आज बिहीबार पनि पाँचतारे मेरियट होटलमा ओली र नेपालबीचमा भेटवार्ता सँगसँगै पुनः निर्माणको अन्तिम चरणमा पुगेको  धरहराको संयुक्त रुपमा अवलोकन भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?