logo
२०८० चैत्र १६ शुक्रवार



होम आइसोलेसनमा रहेका बाँकेका एक संक्रमितको मृत्यु

फिचर |
पढ्नै पर्ने |


होम आइसोलेसनमा रहेका बाँकेका एक संक्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, बैशाख ६ गते । बाँकेमा होमआइसोलेसनमा बसेका एकजना संक्रमितको गएराती मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय संक्रमित पुरुषको गएराती मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले उनलाई आइतबार संक्रमण पुष्टि भएको र परिवारको आग्रहमा होम आइसोलेसनमा राखिएको बताउनुभयो । फोकल पर्सन ओलीका अनुसार ती पुरुष दीर्घरोगीका बिरामी हुनुहुन्थ्यो । भारतमा उपचार गरेर उनी बैशाख ४ गते शनिवार घर फर्किनुभएको थियो । स्वास्थ्यमा सुधार नआएपछि आइतवार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा कोरोना परिक्षण गरिएको थियो ।

गएराती एक्कासी उनको अवस्था विग्रीएपछि अस्पताल लैजाने तयारी गरिरहेकै बेला उहाँको मृत्यु भएको हो । योसँगै कोरोनाबाट मृत्यु हुने बाँकेका निवासीको संख्या ६१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?