logo
२०८१ बैशाख १२ बुधवार



चार पटकको विश्वविजेता जर्मनीलाई म्यासिडोनियाले हरायो

अन्तरवार्ता |
खेलकुद |


चार पटकको विश्वविजेता जर्मनीलाई म्यासिडोनियाले हरायो
तस्विर-गेट्टी इमेजेज


एजेन्सी
काठमाडौं, चैत १९ गते । चार पटकको विश्व फुटबल विजेता जर्मनीलाई उत्तरी म्यासिडोनियाले हराएको छ । विश्वकप फुटबल २०२२ को छनौट प्रतियोगिता अन्तर्गत गए राति सम्पन्न खेलमा म्यासिडोनियाले जर्मनीलाई २–१ ले हराएको छ ।
म्यासिडोनियाका लागि एल्जिफ एल्मसले ८५ औं मिनेटमा गर्नुभएको गोल निर्णायक हुन गयो । हाफटाइम सकिनु अघि गोरन पाण्डेभले सुरुवाती गोल गर्दै म्यासिडोनियालाई महत्वपूर्ण अग्रता दिलाउनुभयो । पहिलो हाफको अतिरिक्त समयमा पाण्डेभले गर्नुभएको गोलबाट म्यासिडोनियाले १–० को अग्रता लियो ।
लेरोय सेनलाई लडाउन पुग्दा पाएको पेनाल्टीको अबसरलाई अल्की गुण्डोगनले गोलमा परिणत गर्दा जर्मनीले खेलमा पुनरागमन गर्यो । तर विश्व वरीयतामा ६५ औं स्थानमा रहेको उत्तरी म्यासिडोनियाले खेल सकिन पाँच मिनेट बाँकी छँदा एल्मसले गोल गर्दा जर्मनीलाई स्तब्ध तुल्यायो ।
समूह जे मा रहेको जर्मनीले तीन खेलबाट छ अङ्क जोडेर तेस्रो स्थानमा छ । शीर्षस्थानको आर्मेनियाले तीन खेलबाट नौ अङ्क बटुलेको छ । उत्तरी म्यासिडोनिया भने तीन खेलबाट छ अङ्कसहित दोस्रो स्थानमा पुगेको छ । रोमानियाको तीन अङ्क छ । आइसल्याण्ड र लिचेन्स्टैन भने पुछारमा पाँचौं र छैटाैं स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?