logo
२०८० चैत्र १६ शुक्रवार



नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसदको उपस्थिति

राष्ट्रिय |


नेकपा संसदीय दलको बैठक सम्पन्न, ११५ सांसदको उपस्थिति
फाईल तस्विर


लक्की चौधरी
काठमाडौं, फागुन २२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सो दलले जनाएको छ ।

नेकपाका सांसद खिमलाल भट्टराईका अनुसार आजको बैठकमा ११५ जना सांसदको सहभागिता रहे पनि केही सांसद काम विशेषले सहभागी हुन नसक्नु भएको र भोलिसम्म १३० सम्म संख्या पुग्ने आशा गरिएको जानकारी दिनुभयो ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरुलाई आग्रह गर्नुभयो ।आफूहरु देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकताबद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देश गर्नुभएको सांसद भट्टराईले बताउनुभयो ।

दिउँसो ३ बजेबाट शुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसी साढे ४ बजे सम्पन्न भएको थियो । भोलि आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरुले आफ्नो भूमिका निर्वाह गर्ने सांसद भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?