logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस संसदीय दलको बैठक आह्वान

राष्ट्रिय |


काँग्रेस संसदीय दलको बैठक आह्वान
फाइल तस्विर


गोरखापत्र अनलाइन

काठमाडौं, फागुन १९ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २१ गते शुक्रबारका लागि संसदीय दलको बैठक आव्हान गरेको छ । २३ गते आइतबार पुनस्र्थापित प्रतिनिधिसभा बैठक बस्ने तय भएपछि त्यसको पूर्व तयारीस्वरुप बैठक बस्न लागेको काँग्रेसले जनाएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो शुक्रबार १ बजेका लागि बैठक आह्वान गरिएको काँग्रेस सांसद तेजुलाल चौधरीले जानकारी दिनुभयो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट हुने प्रस्तुतिको तयारीका लागि बैठक आह्वान गरिएको सांसद चौधरीले बताउनुभयो ।

सरकारको सिफारिसमा पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते विघटन बदरको परमादेश जारी गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आइतबार ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?