logo
२०८० चैत्र १६ शुक्रवार



विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

अर्थ |


विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट


मोरङ, फागुन १९ गते । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजस्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजस्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गर्नुभयो । उहाँले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?