logo
२०८० चैत्र १६ शुक्रवार



आईपीएलमा नेपालका आठ जना क्रिकेटर सूचीकृत

खेलकुद |


आईपीएलमा नेपालका आठ जना क्रिकेटर सूचीकृत
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २३ गते । नेपाल क्रिकेट संघ(क्यान)ले इन्डियन प्रिमियर लिग(आईपीएल)को आगामी संस्करणको निलामी प्रकृयामा सहभागी गराउन आठ जना खेलाडी सूचीकृत गराएको छ । फेब्रुअरी १८ मा आईपीएलको आगामी संस्करणका लागि खेलाडीहरुको निलामी प्रकृया सुरु हुनेछ ।
आईपीएलमा खेलाडी सूचीकृत गर्ने म्याद शुक्रबारसम्म रहेको थियो । जस बमोजिम एक हजार ९७ जना खेलाडी सूचीकृत भएका छन् । भारतबाट २१ जना विदेशका १८६, अशोसिएट राष्ट्रका २७, आइपीएलमा पहिलो पटक सहभागी हुने भारतीय ५० जना, पहिलो पटक सहभागी हुने विदेशी खेलाडी ६८ जना तथा भारतका ७४३ जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सूचीकृत भएको आईपीएलले जनाएको छ ।
क्यानका सचिब अशोकनाथ प्याकुरेलले प्रिमियर लिगको आगामी संस्करणमा सहभागी हुन सन्दीप लामिछाने र बिनोद भण्डारीसहित आठ जना खेलाडीको नाम पठाइएको जानकारी दिनुभएको छ । आठै जना खेलाडी सूचीकृत भएका छन् । लामिछाने र भण्डारी अतिरिक्त करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरी हुनुहुन्छ ।
नेपालबाट यसअघि प्रिमियर लिगमा लामिछानेले खेलिसकेका छन् । त्यस अतिरिक्तका सात जना खेलाडी पहिलो पटक निलामी प्रकृयामा सहभागी हुनेछन् । लामिछानेलाई देल्ही क्यापिटल्सले मुक्त गरिसकेको हुँदा उहाँ समेत यसपाली निलामी प्रकृयामा भाग लिनुहुनेछ ।
लिगका प्रत्येक फ्रेञ्चाइजले २२ जना खेलाडीसँग सम्झौत ागर्नेछन् ।
कुन राष्ट्रबाट कति खेलाडी सूचीकृत
अफगानिस्तान ३०
अष्ट्रेलिया ४२
बङ्गलादेश ५
इंग्ल्याण्ड २१
आयरल्याण्ड २
नेपाल ८
नेदरल्याण्ड्स १
न्युजिल्याण्ड २९
स्कटल्याण्ड ७
दक्षिण अफ्रिका ३८
श्रीलङ्का ३१
यूएई ९
संयुक्त राज्य अमेरिका २
वेष्टइन्डिज ५६
जिम्बाबवे २

प्रिमियर लिगको आगामी संस्करणमा कुल आठ टोलि सहभागी हुनेछन् । बिगत्मा खेलिसकेका कतिपय खेलाडी भने यसपटक प्रिमियर लिग खेल्न इच्छा देखाएका छैनन् ।
बिस्तृत बाँकी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?