logo
२०८० चैत्र १६ शुक्रवार



सिमरियामा माईक्रो दुर्घटनामा परी तीन जनाको मृत्यु

खुला |


सिमरियामा माईक्रो दुर्घटनामा परी तीन जनाको मृत्यु



जयकृष्ण यादव
इनरुवा, माघ ६ गते । सुनसरीको दुहवी इनरुवा सडक खण्ड अन्तर्गत सिमरियामा माईक्रो दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।
मंगलबार विहान माईक्रोले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक महिला सहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ आउँदै गरेको माइक्रोले विपरित दिशामा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को ३४ प ४६९४ नम्बरको मोटरसाइकलमा समेत क्षति पुगेको छ । माईक्रोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डलको घटनास्थलमै ज्यान गएको छ । त्यसैगरी माइक्रोको सह चालक सप्तरी घर भएका शंकर कुमार यादवको समेत मृत्यु भएको छ । मृतक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
मोटरसाइकललाई ठक्कर दिएको माईक्रो सडक किनारमा पल्टेको थियो । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । उनीहरुको उपचार विराटनगर र इनरुवा अस्पतालमा जारी रहेको सुनसरी प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?