logo
२०८० चैत्र १५ बिहीवार



जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि
तस्विर-फाइल


बर्लिन, जर्मनी, मंसिर १२ गते । जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ ।
विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो । पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत्यु भएको हो ।
जर्मनीमा सर्दी याम बढेसँगै कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि संघीय तथा राज्य सरकारले देशका विभिन्न भागमा जारी आंशिक लकडाउनलाई आगामी डिसेम्बर २० सम्म लम्बाउने घोषणा गरेका छन् । जर्मनीले देशैभर पाँचभन्दा बढी परिवार तथा साथीहरूको जमघट नगर्न भनिएको छ । सरकारले क्रिसमसलाई मध्यनजर गर्दै जमघट हुन पाउने उक्त सङ्ख्यालाई १० पुर्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?