logo
२०७७ मंसिर १२ शुक्रवार

साढे तीन वर्षमा भन्दा अब बढी काम गर्न सक्छौँ

अन्तरवार्ता |


2020-11-03-25869


साबिकको साङ्ग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुङ्गा, धर्मस्थली, फुटुङ र मनमैजु गाविसलाई समेटिएर हाल ११ वटा वडामा बाढिएको यस तारकेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचनपछि विकास र सुशासनको कामले तीव्रता पाउँदै आएको छ । स्थानीय तहको निर्वाचन भएको साढे तीन वर्षको अवधिमा भएका कामका बारेमा नगरपालिका प्रमुख रामेश्वर बोहरासँग गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी :

० स्थानीय तहको निर्वाचनका क्रममा तपाईंले जनता सामु गर्नुभएको प्रतिबद्धता साढे तीन वर्षको अवधिमा कति प्रतिशत जति पूरा भएको छ ?

– घोषणापत्रमा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यको व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको थियो । उक्त प्रतिबद्धतामध्ये भौतिक पूर्वाधारअन्तर्गत करिब ५० प्रतिशत काम पूरा भइसकेका छन् । अन्य स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका कुराहरूलाई सम्बोधन गर्ने क्रम जारी छ । उक्त कुराको स्रोत व्यवस्थापन गरी क्रमिक रूपमा काम अगाडि बढिरहेको छ । तारेकेश्वर नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि बसाइँ सरी आउने जनसङ्ख्या अत्याधिक भएको छ । जुन समयमा घोषणा पत्रमा उल्लेखित कुराहरू अहिले जनसङ्ख्या बढेसँगै स्वभाविक रूपमा माग पनि बढ्दै गएको छ । नगरपालिकासँग भएको आन्तरिक, बाह्य र प्रदेश सरकारबाट पाउने स्रोत, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई उचित रूपमा व्यवस्थापन गरी काम अगाडि बढाइएको छ ।
प्रारम्भमा आन्तरिक व्यवस्थापनमा समय बढी खर्चनु परेको, स्रोतको पर्याप्त नभएकोले प्रारम्भमा भौतिक विकासको काम अपेक्षाकृत रूपमा हुन नसके पनि अहिले नगरपालिका आफँैले स्रोतबाट पनि विकास निर्माणको कामले तीव्रता पाएको छ । व्यवस्थापन गर्न सकेको छैन । सम्बन्धित निकायसँग पहुँच विस्तार गरी स्रोत खोज्ने काम भएको छ । नगरपालिकाभित्रका मूल सडकहरूमा यस आर्थिक वर्षमा करिब ८० प्रतिशत काम सकिन्छ । अहिलेको विकासको क्रम हेर्दा हामी सन्तोषजनक नै छौँ । यो विकासलाई अझ विस्तार गर्नुपर्छ भन्ने पक्षमा हामी निर्वाचित जनप्रतिनिधि सक्रिय भएर लागेका छौँ ।

० नगरपालिका क्षेत्रमा दैनिक सहरीकरण बढ्दै छ, बढ्दो सहरीकरणलाई यहाँहरूले कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

– तारेकेश्वर नगरपालिका उपत्यकाका नगरपालिकामध्ये कम विकसितमध्ये तेस्रो नगरपालिकाभित्र प¥थ्र्यो । यसलाई हामीले अवसर र चुनौतीको रूपमा लिँदै काम अगाडि बढायौँ । नगरपालिकामा दैनिक बस्ती विकास हुँदै गएको छ । नगरपालिका आफैँले हिजो बनाएको नक्साको कार्यविधिलाई परिमार्जन गर्दै अहिलेको वस्तु स्थिती, भवन आचारसंहितालाई २०७२ सालपछि आएका भवन निर्माणका विभिन्न आचारसंहितालाई मध्यनजर राख्दै हामीले नक्सा पास गर्ने विधि बनायौँ । सो विधि अहिले लागू गरिरहेका छाँै । अब बस्ती विकास हिजोको जसरी अव्यवस्थित रूपमा अगाडि बढ्दैन । यहाँको समग्र बस्ती विकासमा दुई प्रकृतिले काम भइरेहेको छ । व्यक्तिहरूले जग्गा प्लानिङ गरेर बस्ती विकास गर्ने कार्य प्रति नगरपालिकाले निरीक्षण, अनुगमन गरी मापदण्ड पूरा गर्न हामीले सिकाउँदै आएका छौँ । सहरी विकाससँग समन्वय गर्दै, नगरपालिकाको वडा नं. १, २ र ७ का केही भागहरू सहरी विकास गर्न ग्रीन सीटीका लागि टोखा नगरपालिकाको तीनवटा वडा र तारकेश्वर नगरपालिकाको तीनवटा वडालाई मन्त्रीस्तरीय निर्णयबाट पास भई अगाडि बढिसकेको छ । उक्त निर्णय क्याबिनेटबाट पास हुन बाँकी छ । तारकेश्वर नगरपालिकाको वडा नं. ३ र ६ को केही भागलाई प्रदेश सरकारसँग समन्वय गरी स्याटलाइट बस्तीको विकास गर्न डीपीआर बनाइ अगाडि बढिसकेको छ । सो क्रम प्रक्रियागत रूपमा केही ढिलासुस्ती भएको छ । त्यसका लागि हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम गरेका छौँ ।

० नगरपालिकाभित्र पहिचानसँग जोडिएका क्षेत्र कुन–कुन हुन् सो क्षेत्रको विकासका लागि नगरपालिकाले के गरेको छ ?

– नगरपालिकाको नाम रहेको तारेकेश्वर महादेव, भ्यु टावर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, तारकेश्वर धामलगायतका क्षेत्रमा नगरपालिकाको आफ्नै स्रोतबाट पनि भौतिक विकास गर्ने काम भइरहेको छ । तारकेश्वर धामलाई काठमाडौँ महानगर र हाम्रो आफ्नै लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएका छौँ । ट्राउट माछापालन पनि यस नगरपालिकाको पहिचानसित जोडिएको छ । प्राकृतिक पर्यटन र धार्मिक पर्यटनलाई जोड्नु नै यस नगरपालिकाको पहिचान हो । रानीवन र शिवपुरी मन्दिरको निकुञ्जसँग जोडिएको क्षेत्रमा भ्यालीभित्र रहेर पनि भ्यालीभन्दा बाहिरको अनुभव गर्न सकिने स्थान छन् । सबै वडामा अलग–अलग पहिचान जोडिएका सांस्कृतिक मठ मन्दिर छन् । पर्यटन विकासका लागि नगरपालिकाले डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

० यो साढे तीन वर्षको अवधिमा स्थानीय सरकारको हैसियतमा काम गर्दा आएका चुनौती के–के हुन् ?

– हामी निर्वाचित भएर आउँदा नगरपालिकाभित्र पर्याप्त शाखाहरू थिएनन् । संयुक्त वडा कार्यालय थियो । केही समयपछि हामीले ११ वटै वडामा वडा कार्यालय व्यवस्थापन ग¥याँै । ११ वटै वडामा सहरी स्वास्थ्य केन्द्र, ल्याबको विकास गरेका छाँै । त्यसको व्यवस्थापननै आफँैमा चुनौती हो । नगरपालिकाको आफ्नै भवनको निर्माणको क्रममा छ । सुरुमा पर्याप्त कर्मचारी थिएनन् । नागरिकको दैनिक सेवा प्रवाहलाई सहजीकरण गर्ने कुरा अहिले सहजता बनाएका छौँ ।

० नगरपालिकाले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनका लागि के काम गर्दै आएको छ ?

– अहिले पनि नागरिकले हामीलाई निर्वाचित गराएर पठाएको व्यक्तिले फोनकै भरमा काम भइदिए हुन्थ्यो, कुनै निवेदन पनि लेख्न नपरी आफ्नो काम भइदिए हुन्थ्यो कुनै सिफारिसका लागि कार्यालयमा जान नपरे हुन्थ्यो भन्ने बुझाइ छ । जनताको त्यो बुझाइले पनि जनप्रतिनिधिलाई काम गर्न गाह्रो छ । हामीले अहिले क्रमिक रूपमा नगारिकलाई बुझाउने काम गरेका छौँ यो आफैँमा सुशासनको पाटो हो । नगरपालिकाका कामहरू सूचना, जानकारी वेबसाइटमार्फत दिने काम गरेका छौँ । नागरिकको सेवा सुनिश्चितता र सहजीकरण दुवै सुशासन भित्र पर्छन । नगरपालिकाबाट प्रदान गरिने सेवा चुस्त, सहज र प्रभावकारी बनाउने प्रयास निरन्तर जारी छ । यो सुशासनको अर्को पाटो हो ।

० जनतासामु वाचा गरिएका प्रतिबद्धता के–के पूरा गर्न बाँकी छन् अबको डेढ वर्षमा सो प्रतिबद्धता पूरा गर्न सकिन्छ ?

– यो साढे तीन वर्षको समयमा हामीले धेरै अनुभव गरेका छौँ । प्रशासनिक व्यवस्थापन कार्यालयको व्यवस्थापन कर्मचारी, जनप्रतिनिधिलाई स्कुलिङ गरी काम गरका छौँ अब बाँकी डेढ वर्षमा यो स्कुलिङ गर्न नपर्ने भएकाले काम थप तीव्र गतिमा अगाडि बढ्छ । दिगो विकासका लक्ष्य हासिल गर्ने, दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने ।
अबको डेढ वर्षमा हिजोका साढे तीन वर्षमा भन्दा बढी काम गर्न सक्छौँ भन्ने अपेक्षा गरेका छाँै । अबको अवधिमा नगरपालिकाभित्रको मूल सडक कालोपत्रे गर्ने, शिक्षाक्षेत्रमा नगरपालिकाको आन्तरिक पाठ्यक्रम तयारी कार्यान्वयनको चरणमा छौँ । सबै सडकमा सडक बत्तीको व्यवस्थापन गरी रात्रिकालीन हिँड्डुल गर्न सक्ने वातावरण निर्माण गर्ने ।

० कोरोना रोकथाम र नियन्त्रण गर्ने सन्दर्भमा नगरपालिकाले के–के काम गरेको छ ।

– नगरपालिकाले कोरोना सङ्क्रमितको कन्ट्याक ट्रेसिङ गर्ने काम तीव्र बनाएको छ । ५० वेडको आइसोलेसन साङ्लाको पीएसी हस्पिटलमा निर्माण गरेका छाँै । दुईवटा कोभिड एम्बुलेन्सको व्यवस्थापन गरेका छौँ । कोभिड पोजेटिभ देखिएर होम आइसोलेसनमा बस्नेहरूलाई नगद पाँच हजार रुपियाँको व्यवस्था गरेका छौँ । स्यानिटाइजर र मास्कको वितरण गरेका छौँ । कोभिड लागेका व्यक्तिलाई समाजले नराम्रो दृष्टिले हेर्ने निराश बनाउने अवस्था अहिले पनि  छ । कोरोनाका सङ्क्रमितलाई सङ्क्रमण भएको १५ दिन समय भइसकेपछि जनप्रतिनिधि सङ्क्रमितको घरमा गएर चिया खाजा खाइ सङ्क्रमितलाई हेर्ने दृष्टिकोण समाजमा राम्रो बनोस् भनेर सो काम गरेका हौँ । १५ दिनपछि आफँैले आफ्नै गाडीमा राखेर कर्मचारीलाई बोकेर कार्यालयमा ल्याउने गरेका छाँै तैपनि समाजमा मान्छेलाई कोभिड लागेको मान्छेदेखि त्रास छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?