logo
२०८० चैत्र १६ शुक्रवार



काभ्रेमा कोरोना संक्रमित महिलाको मृत्यु 

फिचर |


काभ्रेमा कोरोना संक्रमित महिलाको मृत्यु 


 
केदार तिमल्सिना 
बनेपा, कात्तिक ८ गते । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बनेपाकी ७८ बर्षकी महिलाको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ । उहाँको शनिबार बिहान १२:५० मृत्यु भएको हो ।
 
उहाँमा बुधबार कोरोना संक्रमण पुष्टि भएको र उहाँमा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । काभ्रेमा हालसम्म १६ जनाको मृत्यु भएको छ । जसमा नौ जना पुरुष र सात जना महिला छन् ।
 
काभ्रेमा हालसम्म एक हजार चार सय ८१ जना संक्रमित छन् । जसमा नौ सय सात पुरुष र पाँच सय ७४ महिला छन् । जिल्लामा पाँच सय ५१ सक्रिय संक्रमित छन् ।
 
कुल सक्रिय संक्रमितमध्ये चार सय ३९ होम साइसोलेशन र १ सय १२ अस्पताल आइसोलेशनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?