logo
२०८० चैत्र १६ शुक्रवार



सांस्कृतिक पुुनर्जागरण अभियानमा थिमि

खुला |


सांस्कृतिक पुुनर्जागरण अभियानमा थिमि


नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक ७ गते । मध्यपुर थिमि नगरपालिका क्षेत्रका टोलटोलका सम्पदा सिँगारिएका छन् । नगरपालिका क्षेत्रमा सम्पदा सिँगारिँदा यसले स्थानीय तहमा सांस्कृतिक पुनर्जागरण नै आएको छ भने मल्कालीन समयकै थिमि पुनर्निर्माण हुन थालेको महसुस गर्ने गरिएको छ ।
नगरपालिकाले भूकम्पपछिको सम्पदा पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकता राख्दै जीर्ण र पुनर्निर्माण गर्नुपर्ने अधिकांश सम्पदा पुनर्निर्माणलाई अन्तिम चरणमा पु¥याएको छ । कतिपय सम्पदा पुनर्निर्माण भइसकेका छन् भने केही सम्पदा निर्माणाधीन अवस्थामा रहेका छन् ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले मध्यपुर थिमिमा सम्पदा पुनर्निर्माणका क्रममा पुराना दस्तावेज, अभिलेख, भित्तेचित्र, शीलालेखका आधारमा पुनर्निर्माण भएकाले सांस्कृतिक पुनर्जागरण सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मध्यपुर थिमिमा सम्पदाले पुनः प्राण भरेको छ यसले मध्यपुरको मात्र नभई समग्र नेपालकै प्रतिष्ठालाई उचाइमा पु¥याएको छ ।” मध्यपुर थिमिमा अधिकांश सम्पदा मल्लकाल र लिच्छविकालमा निर्माण भएकाले अहिले सबै सम्पदा सोही कालकै रूपमा पुनर्निर्माण भएका छन् । यसको प्रभाव नेपालमा मात्र नभई
अन्तर्राष्ट्रिय जगत्मा पर्ने उहाँले बताउनुभयो ।
नगरपालिका क्षेत्रमा पुनर्निर्माण गरिएका सम्पदामा पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुङ्गेधारो, पोखरी, प्रवेशद्वार सिँढी, डबली र पुराना दरबार छन् । “निर्माण भएका सबै सम्पदा पुराताìिवक शैलीमै पुनर्निर्माण गरिएका छन्,” नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “विगत तीन वर्ष अगाडि मध्यपुर आएको र अहिले आउँदा सम्पदा पुनर्निर्माणको कामबाट परिवर्तनको अनुभूति दिलाएका छौँ ।” भूकम्पपछि पुनर्निर्माण भएका सबै सांस्कृतिक सम्पदा नगरपालिकाको आन्तरिक स्रोतबाट पुनर्निर्माण गरिएका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातìव विभागको बजेटले सम्पदा पुनर्निर्माण गर्दा काम बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने तर नगरपालिकाको स्रोतबाट पुनर्निर्माण गरिएको सम्पदामा स्थानीय उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा सीपयुक्त शिल्पकारको मिहिनेतबाट काम हुने भएकाले सम्पदा पुनर्निर्माणको सबै काम स्थानीय उपभोक्ताबाटै हुने गरेको उहाँले बताउनुभयो ।
“अन्य कामभन्दा सम्पदा पुनर्निर्माणको काममा सीप, समय, श्रम र मिहिनेत धेरै लाछ,’’ नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “सम्पदा पुनर्निर्माणको कुनै पनि काम ठेकेदारलाई छुन नदिने गरी सबै काम उपभोक्ता समितिबाटै गर्दै आएका छौंँ ।”
निर्माण भएका सम्पदामा वडा ९ को बोडेमा नीलवाराही मन्दिर क्षेत्र संरक्षण, वडा ८ को कुमारी मन्दिर, पाटी, पौवा, ढुङ्गेधारा, डबली, वडा ७ मा सिद्धि गणेशको मन्दिर ६ को पाटी, विहार पुनर्निर्माणको अन्तिम चरणमा छन् । वडा ५ को भजन पाटी, दुईवटा ढुङ्गेधारा र वडा ४ मा दुई पोखरीमा एउटा पोखरी निर्माण सम्पन्न भएको र एउटा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाले जनाएको छ । यी सम्पदा पुनर्निर्माणको प्रतिनिधि मात्र हुन् सबै वडाका टोलटोलमा सम्पदा पुनर्निर्माणको कामले तीव्रता पाएको छ । कतिपय वडामा सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् ।

 खेर गएको जमिनमा पार्क
मध्यपुर थिमि नगरपालिकाले खेर गएको जमिन र संरक्षण गर्न मिल्ने क्षेत्रमा पार्क निर्माण गरेको छ । नगर क्षेत्रको सार्वजनिक जग्गाको संरक्षण गर्दै बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्न मिल्ने गरी पार्क निर्माण कार्यलाई तीव्रता दिइएको हो ।
नगरपालिकाको वडा ४ शङ्खधर चोकसँगै रहेको भिरालो जमि(नमा ह्याडिङ गार्डेन (झुण्डिएको बगैँचा) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वडा ९ को बोडेमा पहिरो रोकथाम र संरक्षण गरी उक्त पहिरोमा पार्क निर्माण गरिएको छ, वडा ८ मा कुमारी मन्दिर पार्क निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

ब्युँताउँदै लोपोन्मुख नाच
नगरपालिकाले मूर्त सम्पदा पुनर्निर्माण मात्र नभई अमूर्त सम्पदा र संस्कृतिको संरक्षण गर्दै आएको छ । अमूर्त सम्पदाअन्तर्गत बाज(ागाजा, संस्कृति, परम्परा, जात्रा र पूजापाठलाई निरन्तरता दिएको छ । नगरपालिकाले ४५ वर्षदेखि हुन नसकेको भैरव नाचलाई पुनः निरन्तरता दिएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?