logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रसंघका महासचिवद्धारा यमनमा युद्धविरामका लागि आग्रह

अन्तर्राष्ट्रिय |


राष्ट्रसंघका महासचिवद्धारा यमनमा युद्धविरामका लागि आग्रह
तस्विर-फाइल


न्युयोर्क, कात्तिक ५ गते।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गर्नुभएको छ । उहाँले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्ध विराम गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ ।संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताउनुभएको हो ।

महासचिव गुटर्रेसले सो बैठकमा भन्नुभएको थियो– अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।

उहाँले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि महासचिव एन्टोनियो गुटर्रेसले राख्नुभएको थियो । उहाँले यसअघि पनि केही महिना मात्र अघि यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भन्नुभएको थियो ।

आफूले यस विषयमा पहल जारी राखेको पनि उहाँले सो बैठकमा जानकारी गराउनुभएको थियो । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको पनि उहाँले बताउनुभयो ।

यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र यहाँको सरकारलाई समर्थन गर्ने फौजको यहाँ संघर्ष जारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?