logo
२०८० चैत्र १६ शुक्रवार



सैपालको च्याङ्ग्राः पोखरामा बजार

अर्थ |


सैपालको च्याङ्ग्राः पोखरामा बजार


महेन्द्रनगर, कात्तिक ४ गते । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भँेडा÷च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिनुभयो । व्यावसायिक रुपले भेडा÷च्याङ्ग्रा पालन गर्दै आएको साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दशैँमा लागि बिक्री गर्न ११२ वटा भेडा÷च्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् ।

बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल हिँडेर आएका बोहराले पोखरामा सैपालको भेडा÷च्याङ्ग्राको व्यापार लामो समयदेखि रहेको बताउनुभयो । “हाम्रो सुदूरपश्चिममा दशैं तिहारजस्ता चाडपर्वमा खसीको मासुलाई बढी महत्व दिन्छन् ।” बोहराले भन्नुभयो, “भेडा÷च्याङ्ग्रामो माग पोखरा र काठमाडौँलगायत शहरमा बढी हुन्छ ।” विगत चार वर्षदेखि चाडपर्वका बेला भेडा÷च्याङ्ग्रा खरिद बिक्रीमा सक्रिय उहाँले सात दिनको यात्रापछि पोखरा पुग्ने गरेको बताउनुभयो ।

“बाटोमा चराउँदै लैजाँदा सात दिनमा भेडा÷च्याङ्ग्रा पोखरा पु¥याउँछौँ ।” उहाँले भन्नुभयो, “सुदूरपश्चिममा यसको माग छैन ।” सैपालका स्थानीय अधिकांशले भेडा÷च्याङ्ग्रा पालनलाई मुख्य व्यवसाय बनाउँदै आएका छन् । दुई दिनअघि मात्रै छ ट्रक भेडा÷च्याङ्ग्रा पोखराका लागि यहाँबाट हिँडेका छन् ।

कोरोना भाइरस महामारीका बेला भेडा÷च्याङ्ग्रा व्यापार समेत प्रभावित हुने अवस्थामा पुगेको बोहराको भनाइ छ । “सैपालमा च्याङ्ग्राको ओजन हेरेर रु १९ हजारदेखि २७ हजारसम्म खरिद गरेर ल्याएको छु”, उहाँले भन्नुभयो, “यो व्यापारमा कहिले नाफा त कहिले घाटा पनि हुन्छ ।” उहाँले पूरै गाउँपालिकाभरिका किसान लामो समयदेखि च्याङ्ग्रा पालन गर्दै आएको बताउनुभयो ।

स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सैपालमा विकासका योजना अघि बढिरहेका छन् । स्थानीय सरकार आइसकेपछि सडक पूर्वाधारसित सैपाल जोडिने क्रममा रहेको उहाँको भनाइ छ । चीनको उरै नाका नजिक पर्ने सैपाल गाउँपालिकाका किसान भेडा÷च्याङ्ग्रा चराउन चीनको भूमिसम्म जाने गरेको बोहराको भनाइ छ ।

“चीनको सीमाक्षेत्रका गाउँका चिनियाँ पनि गाईवस्तु चराउन हाम्रोमा आउँछन्”, उहाँले भन्नुभयो, “हिमालमा भेडा÷च्याङ्ग्रा पालन गर्न सहज भने छैन ।” सैपालमा गहुँ, जौ र आलु फल्ने गरेको छ । स्थानीय बढीजसो भेडा÷च्याङ्ग्रा बिक्री गरेर परिवारको खर्च चलाउने गरेका छन् । “दशैँमा पोखरासितको च्याङ्ग्रा व्यापारले हाम्रो वर्षभरिको खर्च चल्छ”, उहाँले भन्नुभयो, “पोखराबाट पनि दशैँमा च्याङ्ग्रा माग गर्दै धेरै फोन आउँछन् ।” बझाङबाट पोखरा पु¥याएबापत प्रतिट्रक रु ७० देखि ८० हजार ढुवानी खर्च लाग्ने गरेको छ ।

साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले सैपालका किसानले वार्षिक रु डेढदेखि दुई करोडको भेडा÷च्याङ्ग्राको व्यापार गर्ने गरेको बताउनुभयो । “पहिले स्थानीयस्तरमै भेडा खाद्यान्न ढुवानीमा बढी प्रयोग गरिन्थ्यो”, अध्यक्ष धामीले भन्नुभयो, “गाउँपालिकाका ५० प्रतिशतले भेडा÷च्याङ्ग्रा पालनमा लागेका छन् ।” पाँच वडा रहेको साइपाल गाउँपालिकाको जनसङ्ख्या तीन हजार छ ।

विगतमा भेडा÷च्याङ्ग्राको व्यापार सन्तोषजनक नरहे पनि २०७३ सालयता भने पोखरा र काठमाडौँ बिक्रीका लागि लैजान थालिएको अध्यक्ष धामीको भनाइ छ । उहाँले भेडा÷च्याङ्ग्रा पालनमा सक्रिय किसानलाई सङ्घ र प्रदेश सरकारबाट अनुदान दिने विषयमा कुराकानी भइरहेको बताउनुभयो । “यहाँ स्थानीयले जडीबुटीको व्यापार पनि छिमेकी मुलुक चीनसित गर्दै आएका छन्”, उहाँले भन्नुभयो, “चैनपुरबाट यहाँ पुग्न हिँडेर दुईदेखि तीन दिन लाग्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?