logo
२०७७ कार्तिक ४ मंगलवार

तालिबानी समूहको आक्रमणमा क्षेत्रीय प्रहरी उप–प्रमुखको मृत्यु

अन्तर्राष्ट्रिय |


2020-09-19-22974
तस्विर-फाइल


काबुल, अफगानिस्तान, असोज ३ गते।
अफगानिस्तानको पूर्वी पक्तिका प्रान्तमा शनिबार तालिबानी समूहले सडकमा राखेको बम बिष्फोट हुँदा प्रान्तीय प्रहरी उपप्रमुखको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रवक्ता शाह मोहम्मद अरियनले सिन्ह्वासँग भन्नुभयो, “शनिबार बिहान प्रान्तीय राजधानी सारनको नजिकै गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विछ्याइएको धरापमा पाक्तिकाका प्रान्तीय उप प्रमुख कर्नेल मोहम्मद आसिफ तोखीले साहदत प्राप्त गर्नुभएको छ भने केही प्रहरी घाइते भएका छन् ।”
प्रहरीले याहा खिल जिल्लामा तालिवानी समूहको आक्रमण भएपछि थप बलसहित तोखी त्यसतर्फ जाने क्रममा उहाँमाथि आक्रमण भएको हो । आक्रमणमा अन्य केही प्रहरी गम्भीर घाइते भएका र उनीहरूलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
शुक्रबार राति नै सुरक्षाकर्मी तालिवान समूहबीच कुन्दुजमा भएको अर्को एक झडपमा कम्तीमा १४ जना विद्रौही लडाकू मारिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?