logo
२०७७ कार्तिक ८ शनिवार

पश्चिम बङ्गाल र केरलाबाट अल कायदा सम्वद्ध नौ व्यक्ति पक्राउ

अन्तर्राष्ट्रिय |


2020-09-19-22972
तस्विर-मेट्रो सागा


नयाँ दिल्ली, असोज ३ गते।
भारतको आतंकवाद विरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले शनिबार भारतको दक्षिणी र पूर्वी राज्यहरू केरला र पश्चिम बङ्गालबाट अलकायदा सम्वद्ध केही व्यक्तिलाई पक्राउ गरेको जनाइएको छ ।
एनआईएले नौ व्यक्तिलाई पक्राऊ गरिएको बताउँदै ती सबै व्यक्ति अल कायदासँग सम्बद्ध रहेको दावी गरेको छ । एनआईएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान सबेरै एनआईएले एर्नाकुलम (केरला) र मुर्शिदाबाद (पश्चिम बङ्गाल)मा धेरै ठाउँमा एकसाथ छापा मारेको थियो । जसमा अल कायदा समूहसँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको छ ।”
पश्चिम बङ्गाल र केरलालगायत भारतका विभिन्न स्थानहरूमा अल कायदा समूहको अन्तर–राज्य सञ्जाल रहेको गोप्य जानकारीपछि उनीहरूलाई पिछा गरिएको थियो । “यो समूहले निर्दोष मानिसहरूको हत्या गर्ने तथा भारतका प्रमुख प्रतिष्ठानहरूमा आतङ्कवादी हमला गर्ने योजना बनाइरहेको विज्ञप्तिमा बताइएको छ ।
नौमध्ये छ जना पश्चिम बङ्गाल र तीन जना केरलाबाट पक्राउ परेका थिए । पक्राउ परेका व्यक्तिलाई केरला र पश्चिम बंगालको प्रहरी हिरासतमा लिई सम्बन्धित अदालतमा थप अनुसन्धानको लागि पेश गरिने बताइउको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?