logo
२०८१ बैशाख ७ शुक्रवार



फुटबल र क्रिकेटमा सट्टाबाजीको अभियोगमा भारतीय नागरिक पक्राउ

फिचर |


फुटबल र क्रिकेटमा सट्टाबाजीको अभियोगमा भारतीय नागरिक पक्राउ
सांकेतिक तस्बिर


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । नेपालबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरूमा सट्टाबाजी (ग्याम्बलिङ) हुने गरेको सुनिन्छ । नेपालमा पनि खेलाडी तथा प्रशिक्षकहरू यस्ता कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्ने गर्दछ । त्यस्तै नेपालमा बसेर विद्युतीय उपकरणहरूको प्रयोग गरी क्रिकेट, फुटबललगायत विभिन्न खेलहरूमा पैसाको सट्टाबाजी गरेको अभियोगमा प्रहरीले एक जनालाई टेकुबाट पक्राउ गरेको नेपाल प्रहरीको वेबसाइटमा उल्लेख छ ।

अवैध रुपमा विद्युतीय उपकरणका साधनहरू मोबाइल र ल्यापटप प्रयोग गरी क्रिकेट, फुटबललगायत विभिन्न खेलहरूमा पैसाको सट्टाबाजी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–१२ टेकु बस्ने भारत राजस्थान घर भएका ५० वर्षीय पवन कुमार डालमियाँलाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीको टोलीले पवन कुमारलाई अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हाे । 
उनको साथबाट एक थान ल्यापटप, पाँच थान मोबाइल, एक लाख चार हजार नेपाली रुपियाँ, १९ हजार तीन सय भारतीय रुपियाँ, चार हजार २४० अफगानी मुद्रा, दुइ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र एक थान क्यालकुलेटरसमेत प्रहरीले बरामद गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?