logo
२०८० चैत्र १६ शुक्रवार



फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख

अर्थ |
अन्तर्राष्ट्रिय |


फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख


मनिला, साउन २२ गते । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण व्यवसाय ध्वस्त भएको र दशौँ लाख मानिस बेरोजगार भएको उल्लेख छ ।
विभागका अनुसार दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कूल गार्हस्थ्य उत्पादन १६.५ प्रतिशतले घटेको छ । यस अवधिमा फिलिपिन्स सरकारले कडा नियमहरू सहितको लकडाउन गरेको थियो । सरकारले यसअघि वर्षको शुरुका तीन महिनामा अर्थतन्त्र ०.७ प्रतिशतले मात्र खुम्चिने आकलन गरेको थियो । तर सन् १९८१ यता पहिलोपटक अर्थतन्त्रमा सर्वाधिक असर परेको विभागको भनाइ छ । विगत तीन दशकमा फिलिपिन्सको अर्थतन्त्र पहिलोपटक मन्दीतर्फ उन्मूख भएको हो ।
फिलिपिन्समा यसैसाता कोरोनाभाइरसबाट सङ्क्रमित सङ्ख्या एक लाख १५ हजार नाघेको छ । लकडाउन खुकुलो बनाएसँगै जुन महिनायता मात्र सङ्क्रमितको सङ्ख्या पाँच गुणाले बढेको हो । सामाजिक–आर्थिक योजना सचिव कार्ल चुआले महामारी र यसबाट अर्थतन्त्रमा परेको असरले विषम परिस्थिति सिर्जना गरेको बताउनुभयो ।
तर राष्ट्रपति रोड्रिगो डुटेर्टेले लामो समयसम्म मुलुकलाई बन्दाबन्दीको अवस्थामा राख्न नसकिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “मुख्य समस्या भनेकै हामीसँग थप रकम अब छैन । हामी जनतालाई थप खाद्यान्न र राहत रकम बाँड्न सक्ने अवस्थामा छैनौँ।” फिलिपिन्सको विप्रेषण पनि अघिल्लो वर्षको तुलनामा पहिलो पाँच महिनामा ६।४ प्रतिशतले घटेको छ । बिदेशमा रोजगारी गुमाएका ठूलो सङ्ख्याका व्यक्तिहरू स्वदेश फर्किएका छन् । तथ्याङ्क विभागका अनुसार उपभोग्य खर्चमा पनि १५.५ प्रतिशतले कमी आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?