logo
२०८० चैत्र १६ शुक्रवार



मङ्गोलियाले ११ टन सुन किन्यो

अर्थ |


मङ्गोलियाले ११ टन सुन किन्यो
तस्विर–फाइल


उलानबटोर, साउन २१ गते । मङ्गाेलियाको केन्द्रीय बैङ्कले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मङ्गाेलियाको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैङ्क अफ मङ्गाेलियाले जनाएको छ ।
मङ्गाेलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चित रहेको छ । बैङ्कका अनुसार मङ्गाेलियाको यस वर्षको छ महिनाको अवधिमा तीन अर्ब ६० करोड अमेरिकी डलर सञ्चित रहेको छ । विश्वका सबैजसो केन्द्रीय बैङ्कले आफ्नो विदेशी मुद्रा सञ्चिती बढेसँगै सुन खरिद गर्ने प्रचलन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?