logo
२०८० चैत्र १६ शुक्रवार



विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात लाख नाघ्यो
तस्विर–फाइल


जेनेभा, स्वीट्जरल्याण्ड, साउन २१ गते ।
विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख चार हजार ४३८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सङ्गठनका अनुसार बुधबारसम्म विश्वभरिमा एक करोड ८७ लाख नाै हजार १६१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड १९ लाख २६ हजार २२४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७८ हजार ४९९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ३३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४९ लाख १८ हजार ४२० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६० हजार २०९ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा ४३ लाख ६९ हजार ८४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । दक्षिण अमेरिकामा एक लाख ५० हजार ६४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख ८२ हजार ४९९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । उत्तर अमेरिकामा दुई लाख २५ हजार ४५० जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ४३ हजार ५३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ४७२ को मृत्यु भएको छ । एसिया ४६ लाख ८ हजार ८०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख २ हजार ४३९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ८२ हजार २१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २१ हजार १४३ जनाको मृत्यु भएको छ । ओसियानामा २१ हजार २४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २७२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?