logo
२०८१ बैशाख ७ शुक्रवार



मध्य नाइजेरियामा १४ जनाको हत्या

अन्तर्राष्ट्रिय |


मध्य नाइजेरियामा १४ जनाको हत्या
तस्विर–द डिफेन्स पोष्ट


अबुजा, साउन १५ गते । बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।
राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरू कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताउनुभयो । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।
हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरू उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरू फरार भएको बताउनुभयो । उहाँले घटनाको अनुसन्धानसहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?