logo
२०८० चैत्र १५ बिहीवार



अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त


लश्कर गाह
साउन १२ गते । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।
सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मन्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ । घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयवासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् ।
हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?