logo
२०८० चैत्र १६ शुक्रवार



ओस्कार विजेता मोरिकनको निधन

मनोरञ्जन |
अन्तर्राष्ट्रिय |


ओस्कार विजेता मोरिकनको निधन


रोम, असार २२ गते।
विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उहाँ लामो समयदेखि विश्वमै चर्चित हुनुहुन्थ्यो ।
गुणस्तरीय फिल्महरुको निर्माता रहेका उहाँलाई सन् २०१६ मा ओस्कार पुरस्कार प्रदान गरिएको थियो । उहाँले झण्डै ५०० चलचित्रका लागि सङ्गीत सृजना गर्नुभएको थियो । कोरिकनको उपचारकै क्रममा अस्पतालमा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
उहाँले जीवनभरी आत्मसम्मानका साथ जीउनु भएको उहाँका सुभेच्छुक तथा उहाँलाई नजिकबाट चिन्नेहरुले बताउने गरेका छन् । “उहाँलाई हामीले सधैँ सम्झने छौँ, उहाँ हाम्रो गौरव हो,” इटालीका प्रधानमन्त्री जिसेपे कोन्टेले भन्नुभयो ।
उहाँको निधनप्रति देशवासी र विश्वभरीका उहाँका सुभेच्छुक तथा चलचित्रकर्मीहरुले दुःख व्यक्त गर्दै उहाँको योगदान र क्षमताको स्मरण गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?