logo
२०८० चैत्र १६ शुक्रवार



ब्राजिलमाा सङ्क्रमितको सङ्ख्या १६ लाख नाघ्यो, ६४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमाा सङ्क्रमितको सङ्ख्या १६ लाख नाघ्यो, ६४ हजारको मृत्यु
तस्विर-बीबीसी


रियो डि जेनेरियो , असार २२ गते ।
ब्राजिलमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या १६ लाख नाघेको बताइएको छ । गएको २४ घन्टायता मात्र २६ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् । त्यस्तै २४ घन्टायता ६०२ जनाको ज्यान गएको बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार मृत्यु हुने व्यक्तिको सङ्ख्या ६४ हजार ८६७ जना पुगेको छ । गएको शनिबारमात्र ब्राजिलले ३८ हजार जना नयाँ सङ्क्रमित थपिएको जनाएको थियो । त्यसैगरी सोही दिन कोरोना भाइरसबाट एक हजारभन्दा बढीको ज्यान गएको बताइएको थियो ।

गएको हप्ता दिन यता ब्राजिलमा कोरोना भााइरसबाट हरेक दिन एक हजारभन्दा बढीको ज्यान गएको देखिएको छ भने ठूलो सङ्ख्यामा सङ्क्रमितहरू पनि थपिँदै गएका छन् । ब्राजिल कोरोना भाइरसबाट नागरिकको ज्यान जानेमा विश्वको सबैभन्दा दोस्रो ठूलो देश बनेको छ । यहाँ सङ्क्रमण बढ्दो रुपमा देखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अमेरिकामा अहिलेसम्म यस सङ्क्रमणबाट एक लाख २९ हजार ८०० जनाको ज्यान गएको छ । विश्वका सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म २८ लाखभन्दा पनि बढी नागरिक सङ्क्रमित हुन पुगेका बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?