logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरसबाट विश्वमा पाँच लाख आठ हजार भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसबाट विश्वमा पाँच लाख आठ हजार भन्दा बढीको मृत्यु
तस्विर-फाइल


जेनेभा, स्वीट्जरल्याण्ड
असार १६ गते। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाखआठ हजार २५० पुगेको छ । साथै विश्वभर एक करोड चार लाख १३ हजार ५५८ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।
कोरोना भाइरसका कारण बिरामी भएका ५६ लाख ६९ हजार ५९४ जना निको भएका छन्। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ८१ हजार ८११ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २८ हजार ७८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २१ लाख ८७ हजार १२९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ८३ हजार ६७१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख २९ हजार ४२६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ६७ हजार ६०२ जनाको मृत्यु भएको छ ।
युरोपमा २४ लाख २९ हजार ९५१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ९१ हजार ३८ को मृत्यु भएको छ । एसियामा २२ लाख ६० हजार ५४१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ५५ हजार ८८४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा तीन लाख ९६ हजार ३१४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने नाै हजार ९१४ जनाको मृत्यु भएको छ । ओसियानामा नाै हजार ४७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?