logo
२०८१ बैशाख ८ शनिवार



कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब

प्रदेश |


कोरोना नियन्त्रण कोषमा मुख्यमन्त्री र मन्त्रीबाट एक महिनाको तलब


विराटनगर, चैत १३ गते ।  प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि रु १० करोडको कोष खडा गर्ने निर्णयपछि कोषमा रकम वृद्धि भइरहेको छ । सो कोषमा मुख्यमन्त्रीसहित मन्त्री तथा राज्यमन्त्रीबाट पनि एकएक महिनाको तलब जम्मा गर्ने घोषणा भइसकेको छ ।
कोषमा प्रदेश नं १ प्रमुख सोमनाथ अधिकारी‘प्यासी’, सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलले एकएक महिनाको तलब जम्मा गर्ने घोषणापछि नेपाली काङ्ग्रेस संसदीय दल प्रदेश नं १ का २१ सांसदले पन्ध्रपन्ध्र दिनको तलब जम्मा गर्ने निर्णय भएको सो दलका नेता राजीव कोइरालाले जानकारी दिनुभयो ।
अटेर गर्ने प्रहरी नियन्त्रणमाः ४७ जना क्वारेन्टाइनमा
भारतबाट नेपाल छिर्ने ४७ नेपालीलाई रानी नाका विराटनगरबाट मोरङको टाँडी क्वारेन्टाइनमा पठाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । यसैगरी कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित पार्न सरकारले घोषणा गरेको लकडाउनलाई अटेर गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । यस्तै लकडाउन उल्लङ्घन गर्ने २३४ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच लकडाउनमा उपभोक्ताका घरघरमा सामान पु¥याउन स्थानीय गुद्री अनलाइनले माग गरेबमोजिम चारचक्के गाडी एक थान, मोटरसाइकल आठ थान र साइकल तीन थान चलाउनलाई पासको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । अनलाइनमार्फत फलफूल, तरकारी, किराना सामान तथा खाद्य सामग्री पनि बिक्रीवितरण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निवदेन परेबमोजिम जिल्ला प्रशासन कार्यालयमा सिफारिश गरिएको कार्यालय प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?