logo
२०८१ बैशाख ८ शनिवार



पुँजी बजार सही दिशातर्फ उन्मुख छ

अन्तरवार्ता |


पुँजी बजार सही दिशातर्फ उन्मुख छ


लामो समयसम्म शिथिल पुँजी बजार केही सातायता ‘बुम’ भइरहेको छ । दिनहुँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । यसको कारण के होला ?
पुँजी बजारलाई अर्थतन्त्रको ऐना भन्ने गरिन्छ । अहिलेको नेपालको आर्थिक स्थितिलाई पुँजी बजारले झल्काइरहेको छ । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरेर ल्याएका नयाँ नीति, नियम बजेट कार्यक्रमको सकारात्मक प्रभाव देखिन थालेको हो । लामो समयसम्मको राजनीतिक अन्योल अन्त्य, स्थिर सरकार, रोजगारीमा अवसर सिर्जना भइरहेको अवस्था, आश लाग्दो आर्थिक वृद्धिदर र बैङ्कहरूले प्रवाह गर्न थालेको सरल कर्जाका कारण नै पुँजी बजार सकारात्मक दिशातर्फ उन्मुख हुन थालेको हो । अहिले लगानीकर्ताको विश्वास बढेको अवस्था छ । नेपाल स्टक एक्सचेन्जले तयार पारेको मार्जिन नीतिका कारण पनि सहज हुन पुगेको छ । अर्थ मन्त्रालयले सुधारात्मक कदम चालेका कारणले पनि अहिले अवस्था सुधार भएको हो ।

कस्ता सुधारात्मक कदम चालिएका छन् त ?
नेप्सेको सुधारका लागि तयार गरिएको ५८ बुँदे सुझावमध्ये करिब ८०÷८५ प्रतिशत लागू भएर कार्यान्वयनमा आएको छ । यो अर्थतन्त्रको विजनेस साइकलको पनि प्रभाव हो । त्यस्तै नेप्सेले २१५ जति सू्चीकृत कम्पनीको सब इन्डेक्स बनाएको छ । यसबाट लगानीकर्ताले हरेक कम्पनीको सूक्ष्म विश्लेषण गर्नसक्ने र त्यसैका आधारमा लगानी गर्न सक्ने मौका पाएका छन् । लगानीकर्ताले विवेकशील भएर जोखिम कम हुने गरी लगानी गर्नसक्ने अवस्था बनेको छ ।

तपाईंले भनेजस्तै लगानीकर्ता विवेकशील रूपमा नै लगानी गर्दै छन् कि हल्लाकै भरमा पनि पछि लाग्छन् ?
जोखिमरहित लगानी भन्ने त कतै पनि हुँदैन तर यतिबेला लगानीकर्ता विवेकशील नै देखिएका छन् । त्यस्तै, हामीले नेप्से अनलाइन कारोबार (नट्स) ल्याएका छौँ । यो संसारकै उच्चकिसिमको प्रविधि हो । मूल्य र समयको ‘अल्गोरिदम’मा मिलाएर बनाएको यो प्रविधि प्रयोगमा आइसकेपछि कारोबारमा पारदर्शिता आएको छ । अनुगमन प्रभावकारी हुँदैछ । यो प्रविधिलाई कसैले कम आँकलन गर्नसक्ने अवस्था नै छैन । यसले लगानीकर्ताको मनोबललाई उच्च बनाउन सकेको छ । जसको प्रतिफल तपाईं हामीले देखिरहेका छौँ । यसका कारण बजारमा चर्चा हुने गरे जस्तो कुनै अमूक व्यक्ति सत्तामा रहनु वा बाहिरिनुले नेपालको सेयर बजारलाई प्रभावित गर्दैन । त्यस्तै विश्लेषण राजनीतिक पूर्वाग्रह मात्र हुनसक्छ । यो पूर्ण प्रविधिमा आधारित हुन थालेको छ ।

नट्सबाट कति प्रतिशत कारोबार हुने गरेको छ ?
नयाँ प्रविधि हो । कुनै पनि नयाँ प्रविधि लागू गर्दा सुरुमा केही तलमाथि हुन्छ । केही कमीकमजोरी पनि हुन्छ । त्यसलाई परिमार्जन गर्दै गएका छौँ । अहिले पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ । गत साता साढे चार अर्ब रुपियाँभन्दा बढीको कारोबारमा एक करोडभन्दा बढी सङ्ख्याको सेयर कारोबार भएको छ । त्यो यसकै कारण हो । एक महिनादेखिको कारोबार रकम र सङ्ख्यालाई हेर्ने हो भने करिब ५० प्रतिशत नट्समार्फत हुन थालेको सुखद् अवस्था सिर्जना भएको छ ।

४२ महिनादेखि खस्किइरहेको पुँजी बजारमा अहिले देखिएको सुधार चामत्कारिक कि स्वाभाविक हो ?
अहिलेको परिस्थितिलाई हेर्दा हाम्रो पुँजी बजारको गहिराई कस्तो छ भन्ने लक्षित गर्छ । यो सरकारले ल्याएको सुधारात्मक कदमको प्रतिफल हो तर एक महिना, १५ महिना वा एक साताको कारोबारले मात्र सधैँ यस्तै स्थिति रहन्छ भन्ने पनि हुँदैन । यसले के कुराको सङ्केत गर्छ भने ४२ महिना अघिको भन्दा अहिले पुँजी बजारको आकार निकै ठूलो र विस्तृत भइसकेको छ भन्ने हो । यसअघि अर्बको कारोबार मुस्किलले हुने गथ्र्यो तर अहिले एकै दिन चार अर्बभन्दा बढीको कारोबार हुन थालिसकेको अवस्था छ । प्रविधिमैत्री बजार भएका कारण, स्वदेश वा विदेशको जुनसुकै कुनामा बसेर पनि लगानी गर्न पाएका कारण, मुलुकको अर्थतन्त्रमा देखिएका सकारात्मक टे«न्डको प्रभाव हो । जुम्लादेखि ताप्लेजुङसम्मको कारोबार हुन थालेको छ ।
अहिले हङकङ, कतार, अस्ट्रेलिया, अमेरिका र युरोपेली मुलुकमा बस्दै आएका नेपालीले पनि सहज रूपमा नेप्सेमा कारोबार गर्न थालेको अवस्थाचाहिँ हो ।

पुँजी बजारमा देखिएको अहिलेको उछाल दीर्घकालसम्म जाला त ?
पुँजी बजार निरन्तर बढिरहने वा घटिरहने हुँदैन । यसको प्रकृति तलमाथि गर्दै नै अगाडि बढ्ने हो तर के कुराचाहिँ यथार्थ हो भने यो सही दिशातर्फ उन्मुख भएको छ । अर्थतन्त्रको व्यावसायिक चक्र (विजनेस साइकल)ले समृद्धिको बाटो समातिसकेका कारण पनि यो सकारात्मक छ । यसलाई निरन्तरता दिन नट्स प्रणालीबारे प्रचारप्रसार बढाइरहेका छौँ । रिमोट वर्क स्टेसन ब्रोकर सदस्य कार्यालय खोलेर कारोबारमा सहयोग गर्दैछ । जिल्लाहरूबाट लगानी बढिरहेको छ । बैङ्किङ पहुँच पुगेको छ ।

यो विस्तार बेलुन जस्तो कुनै पनि बेला विष्फोट हुन सक्ने विश्लेषण पनि पाइन्छ ? त्यस्तो सङ्केत केही देख्नुहुन्छ ?
कुनै पनि कुरा विष्फोट हुनुअघि केही न केही परिघटना हुनुपर्छ । र ती परिघटनाको प्रभावले विष्फोट होला भन्ने हो तर अहिलको अवस्थामा नेपालमा त्यस्तै कुनै सङ्केत देखिँदैन अहिले मुलुकमा राजनीतिक अन्योल हटेको छ, सरकार स्थिर छ । मुलुकमा लगानीको वातावरण बन्दै छ । सञ्चार र प्रविधिको व्यापक विकास भइरहेको छ । सही विश्लेषण गर्नसक्ने जमात बढिरहेको छ । बैङ्कहरूले सेयर धितो राखेर दिने ऋण सहज भएको छ । कुल गार्हस्थ उत्पादनमा वृद्धि देखिँदै छ । त्यसैले विष्फोट हुने विश्लेषणमा कुनै तर्क छैन । कहीँ कतै अपचलन हुन सक्ने अवस्था नै छैन । न कन्भर्टेबल करेन्सीसम्बन्धी कानुन बनी नसकेका कारण नेपालको पुँजी बजारमा विदेशी लगानी छैन । त्यसैले विदेशी पुँजी बजारसँग नेपालको पुँजी बजार कुनै संलग्नता नरहेको कारण बाह्य प्रभाव पर्ने सम्भावना पनि छैन । पुँजी बजारको कुनै पनि समस्या समाधान गर्न अर्थ मन्त्रालय निकै सकारात्मक छ । बैङ्कहरूको पुँजी बढिरहेको छ । त्यसले लगानी पनि बढाइरहेको छ । पुँजी बजारमा ठूला लगानीकर्ता पनि प्रवेश भएको छ ।

नेप्सेले गर्ने कारोबारको निगरानी (सर्भिलेन्स) माथि पनि कहिलेकाहीँ प्रश्न उठ्ने गरेको छ । विभिन्न ठाउँबाट सूचना लिक भएका कारण ठूला लगानीकर्ताले फाइदा उठाउने अरू डुब्ने अवस्था हुन्छ भनिन्छ नि ?
नट्स प्रविधि कार्यान्वयनमा आइसकेपछि त्यस्ता विकृति विसङ्गति रोकिएको छ, त्यसको सम्भावना छैन । वास्तविक समयमा खरिद र बिक्रीका अर्डर सिस्टमले डिकेक्ट गर्छ । त्यसलाई धितोपत्र बोर्ड, ५० ब्रोकर कम्पनीले पनि सिस्टममा निगरानी भएको हुन्छ । यसबाट हामीले प्रत्येक लगानीकर्ता वा कर्मचारी वा अन्य सरोकारवालाको आचरण समेतलाई पनि निगरानी गर्नसक्छौँ । नेप्सेको ग्राफ अस्वाभाविक देखिन थाल्योे भने हामी अझ गहिरिएर निगरानी बढाउँछौँ । हामीले मात्र होइन नेपाल राष्ट्र बैङ्कबाट समेत त्यसमा निगरानी हुन थालिसकेको छ । अनुगमन प्रणाली नै न्यायो सेकेन्डसम्मको पनि कारोबार देखाउँछ । यसमा पूर्ण पारदर्शिता छ ।

समग्र एसिया र विशेष गरी दक्षिण एसियाका अन्य बजारको तुलनामा नेपाली पुँजी बजारको अवस्था कस्तो छ ?
दक्षिण एसियाली मुलुकमा हे¥यौँ भने नेपाल पुँजी बजार पाँचौँ स्थानमा पर्छ । हाम्रो बजार निकै सानो बजार हो तर अन्य देशको तुलनामा नेपालको लगानीको प्रतिफल (रिर्टन अन इन्भेस्टमेन्ट) भने तुलनात्मक रूपमा राम्रो छ । विगतमा पनि आठदेखि १० प्रतिशतसम्मको लगानीको प्रतिफल थियो भने अहिले पनि त्यसमा हाम्रो पुँजी बजार अगाडि नै छ । सूचकाङ्क शिथिल हुँदा पनि प्रतिफल नराम्रो थिएन । नीति नियम परिमार्जन हुँदैछ । बजार खुला हुँदैछ । अब अर्बको कारोबार हुन थालेकोले तेस्रो स्थानसम्म पुग्ला भन्ने आशा गर्न भने सकिन्छ ।

नेप्सेमा नयाँ औजार भिœयाउने विषयमा कस्ता अहिले नयाँ कार्यक्रम कार्यान्वयनमा छन् ?
अबका दिनमा डेरिभेटिभ कारोबारलाई भिœयाउनुपर्छ । यससम्बन्धी छलफल भएको भइरहेको छ । नीति तयार भएर सेबोनमा पठाउने अवस्थामा पुगेको छ । फाइनान्सियल ग्याप कम गर्न बोन्डको कारोबार पुँजी बजारको भरपर्दो उपकरण हो । यो सङ्घीय सरकारका लागि पनि उपयुक्त हुन्छ । हामी यसै वर्षमा नै यी काम गर्छौं । हामी तयारी अवस्थामा छौँ ।
त्यस्तै, हामीले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई)ले अझ प्रविधिमैत्री बनाउँछ । यसले विशिष्टीकृत सेवा प्रदान गर्ने अवसर प्रदान गर्छ । आईटी पोलिसी पनि बनाउँदै छौँ । यो आएपछि एपीआई पनि लागू हुनेछ । सूचनालाई फिल्टर गर्न सहयोग पुग्छ ।

सूचीकृत कम्पनीको सूचना प्रवाह कसरी प्रभावकारी बनाउँदै हुनुहुन्छ ?
सूचीकृत कम्पनीले पब्लिकका लागि सार्वजनिक गर्नुपर्ने सूचना जारी गर्न हामीले नट्समार्फत मञ्च प्रदान गरेका छौँ । कम्पनीहरूलाई युजर नेम र पासवर्ड उपलब्ध गराएपछि उनीहरूले तोकिएको समयसीमाभित्रै सार्वजनिक गर्नुपर्ने वित्तीय विवरण, सञ्चालकहरूको विवरण, नाफा नोक्सान अन्य विवरण अपलोड गर्नुपर्छ । गतवर्ष यस्ता सूचना प्रवाह नगर्ने ४० कम्पनीलाई सचेत गराएका थियौँ । यो प्रणालीमा सबै लगानीकर्ताले कुनै पनि कम्पनीको पछिल्लो अवस्थालाई अध्ययन गर्न सक्छन् । यस वर्ष कसैलाई सचेत गराउनुपर्ने अवस्था अहिलेसम्म देखिएको छैन । यो एकदमै सहज बनाइदिएको छ । यो विश्वको स्तरीय प्रविधि मध्येकै छ ।

विदेशी स्टक एक्सचेन्जसँग सहकार्य गर्ने कुरा पनि सुनिन्छ नि ?
नेप्से विदेशी स्टक एक्सचेन्जसँगको सहकार्यका लागि इच्छुक छ । सिङ्गापुर, कोरिया, स्विजरल्यान्डका स्टक एक्सचेन्जले केही चासो देखाएका छन्् । हामीले रणनीतिक साझेदारका रूपमा भिœयाउन सके नयाँ ज्ञान र सीप वा प्रविधि भिœयाउन सहज हुनसक्छ ।

नेपालमा नेप्सेजस्तै अर्को पुँजी बजारको पनि कुरा उठ्ने गरेको छ नि । त्यो कत्तिको आवश्यक छ ?
नेपालमा अहिले नै त्यस्तो आवश्यकता देखिँदैन । भएकोलाई थप प्रविधिमैत्री र व्यापक बनाउनु जरुरी हुन्छ । विदेशमा भएका दुई÷तीनवटा स्टक त मर्ज हुँदैछन् । अहिलेसम्मको अवस्थामा अर्को
आवश्यक देखिँदैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?