logo
२०८० चैत्र १६ शुक्रवार



२५० हिंसापीडित महिलालाई सेवा

प्रदेश |


२५० हिंसापीडित महिलालाई सेवा


बैतडी, मङ्सिर २६ गते । हिंसामा परेका महिलालाई सहयोग पु¥याउन स्थापना गरिएको महिला सुरक्षित आवास गृह बैतडीबाट दुई वर्षमा २५० पीडितले सेवा लिएका छन् । महिला सुरक्षित आवास गृहमा सेवा लिन आएका महिलामध्ये अधिकांश बहुविवाह र बालविवाहबाट पीडित रहेको शहस्त्रलिङ्ग सामुदायिक संस्थाका अध्यक्ष डम्बरी भट्टले बताउनुभयो । गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलालाई राहत पुगेको र कतिपयले आफ्नो जीवनलाई नयाँ ढङ्गले चलाउन सफल भएको भट्टले बताउनुभयो । सानो उमेरमा विवाह गरेका कारण पुरुषले बहुविवाह गर्ने र त्यसपछि उनीहरुलाई घरमा बस्ने वातावरण नहुँदा हिंसामा पर्ने गरेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिनुभयो । हिंसाको प्रतिरोध गर्न हिंसापीडित महिलालाई सुरक्षित महिला आवास गृहमार्फत सजिलो पनि भएको छ । उहाँले भन्नुभयो, “गृहमा हिंसामा परेकालाई मनोसामाजिक परामर्श दिने गरिएको छ ।” मनोसामाजिक परामर्शकर्ताका रुपमा सरस्वती लेखकलाई राखिएको छ । गृहमा घरेलु हिंसा, बालविवाह, बलात्कार, बहुविवाह, लैङ्गिक हिंसा लगायतका समस्याबाट पीडित बढी आउने गरेका छन् । पीडित महिलालाई ३५ दिनसम्म निःशुल्क रुपमा खान बस्न र निःशुल्क कानूनी उपचारका लागि सहयोग गर्ने गरिएको छ । त्यस्तै ३५ दिनसम्म पुनःस्थापना नभए अथवा पुन हिंसामा पर्ने देखिए अवधि लम्ब्याउने गरिएको छ । गृहलाई दिगो रुपले सञ्चालन गर्न नगरपालिकाले पहल गर्ने पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले बताउनुभयो । गृहको व्यवस्थापन शहस्त्रलिंग सामुदायिक संस्थाले गरेको छ भने संयुक्त राष्टसंघीय जनसङ्ख्या कोषको सहयोगमा सञ्चालनमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?