logo
२०८० चैत्र १५ बिहीवार



दुर्गम गाउँमा बन्यो नेपालकै अग्लो लिफ्ट खानेपानी योजना !

पढ्नै पर्ने |
खुला |


दुर्गम गाउँमा बन्यो नेपालकै अग्लो लिफ्ट खानेपानी योजना !


गोकर्ण दयाल

बैतडी, मंसिर १ गते । समुद्री सतहबाट दुई हजार दुईसय मिटर अग्लो न्वालपानी गाउँमा खानेपानीको हाहाकार हुँदा गाउँनै विस्थापित हुने अवस्था आएपछि नेपाल सरकारले तीन करोड ५० लाखको लगानीमा नेपालकै अग्लो सोलार लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण गरेको छ ।

संघीय सरकारको तीन करोड ५० लाखको लागतमा डिभिजन खानेपानी कार्यालय बैतडीले दार्चुलाको मालिकार्जुन गाउँपालिका–२, साँणीघाटी–कुटिया खोलाबाट न्वालपानी गाउँमा खानेपानी पुर्याएपछि गाउँमा खुसीयाली छाएको छ ।

गाउँमा खानेपानी पुर्याउन निकै चुनौती थियो । ९० डिग्री उचाईको एक किलोमिटर अग्लो भीर पार गरेर गाउँमा खानेपानी पु¥याईएको छ । पाँच ठाउँमा पम्प राखेर करिब चार किलोमिटर दूरीको खानेपानीको योजना निर्माण भएको हो ।

गाउँमा खानेपानी पुगेपछि स्थानीयले सरकारलाई धन्पाद दिदैं खुशीयाली मनाईएको मालिकार्जुन गाउँपालिका–२, न्वालपानी गाउँका उपभोक्ता सुन्दरसिंह धामीले बताउनुभयो ।  धामीले भन्नुभयो, ‘गाउँमा खानेपानी पुग्दा भगवान आए जस्तो भएको छ । सरकारलाई धेरै–धेरै धन्यवाद छ ।’ विशेष गरि संघीय सासद गणेशसिंह ठगुन्नालाई धन्यवाद दिन चाहन्छौं । उहाँले गाउँको समस्या बुझेर सरलाई घचघच्याउनुभयो । दिनभरी हिँडेर खोल्साबाट गाग्रीमा पानी ल्याउनु पर्ने बाध्यता थियो । सरकारको आँखा पुगेपछि कल्पनै नगरेको खानेपानीको योजना बन्यो । खानेपानी पुगेपछि गाउँमा खुशीयाली छाएको छ ।”

गाउँमा खानेपानी पुर्याउन ९० डिग्री उचाईमा पानी तानेर चार किलोमिटर दूरीको न्वालपानी गाउँमा पानी पुर्याउन तीन वर्ष लागेको डिभिजन खानेपानी कार्यालय बैतडीका निमित्त प्रमुख ईञ्जिनियर प्रकाश रावलले बताउनुभयो ।
ईञ्जिनियर रावलले भन्नुभयो, “ संघीय सरकारको विशेष योजनामा यो खानेपानी बनेको हो । गत वर्ष दुई करोड खर्च भयो । यो वर्ष थप डेढ करोड गरेर कुल लागत तीन करोड ५० लाख पुगेको छ ।

ईञ्जिनियर रावलले भन्नुभयो, नेपालमा अहिलेसम्म यस्तो योजना बनेको छैन । संभवतः यो लिफ्ट प्रविधिको खानेपानी दक्षिण एशियामै पनि पहिलो हुन सक्छ । पाँच ठाउँमा मोटर जडान गरेर पानी तानेर गाउँमा खानेपानी पुर्याउ सफल भएका छौं । गाउँमा पानी वितरण गर्न धारा जडानको काम चलिरहेको छ । योजना बनेपछि छ घण्टामा २५ हजार लिटर पानी तानेर ६६ घर धुरीलाई पानी खुवाउन सफल भएका छौं ।”

डिभिजन खानेपानी कार्यालय बैतडीले दार्चुला र बैतडीमा खानेपानी योजना निर्माण गर्दै आईरहेको छ । चालु आर्थिक वर्षमा बैतडी र दार्चुलामा ११ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माणको क्रममा रहेको र केही योजना सम्पन्न भएको डिभिजन खानेपानी कार्यालय बैतडीले जानकारी दिएको छ ।

जलवायु परिवर्तन र जथाभावी सडक निर्माण गर्दा दार्चुला र बैतडीमा खानेपानीका मुहान सुक्न थालेको डिभिजन खानेपानी कार्यालय बैतडीका निमित्त प्रमुख प्रकाश रावलले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?