logo
२०८० चैत्र १५ बिहीवार



काभ्रेको विकट चौरी देउरालीमा अस्पतालको शिलान्यास

राष्ट्रिय |


काभ्रेको  विकट चौरी देउरालीमा अस्पतालको शिलान्यास


मधुसुधन तिमल्सिना

कोसीपारि  कात्तिक २६ गते । प्रदेश न ३ सरकारले यस प्रदेशमा रहेका एक सय १९ वटा स्थानीय तहमा अस्पताल बनाउने कार्यको सुरुवात गरेको छ ।

आर्थिक बर्ष २०७५/०७६ बाट नै ‘एक स्थानीय तह एक अस्पताल’ बनाउने नीति लिएको प्रदेश सरकारले सुरु गर्न सकेको थिएन । तर यस आर्थिक बर्षबाट उक्त नीति कार्यान्वयनमा लैजान सुरुवात गरेको प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।

सोमबार काभ्रेको विकट चौरी देउराली गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गर्दै मन्त्री दुलालले एक स्थानीय तह एक अस्पताल नीति अनुरुप अस्पताल भवन बनाउन सुरुवात गरिएको बताउनुभयो । उहाँले यस आर्थिक बर्षमा १८ वटा अस्पताल भवन बनाउन बजेट विनियोजन गरेको बताउनुभयो । प्रदेश सरकारले विकटता, राज्यसँग सहज पहुँच नभएका स्थानीय तहलाई पहिलो प्राथमिकता दिएर अस्पताल बनाउन सुरुवात गरेका छौँ, भन्नुभयो ।

जिल्लाको विकट चौरी देउराली गाउँपालिकाको वडा न ५ भालचौर मा २१ रोपनी जग्गामा प्रदेश सरकारको आर्थिक सहयोगमा १५ शैयाको अस्पताल बन्न लागेको हो  नेपालमै स्थानीय तहमा पहिलो चौरी देउरालीमा अस्पतालको शिलान्यास भएको छ । अन्य स्थानीय तहमा पनि बजेट गएको भएपनि अझै सुरुवात भएको छैनन । मन्त्री दुलालले नेपाल कै स्थानीय तहमा पहिलो विकट क्षेत्र रहेको चौँरीदेउरालीमा अस्पताल भवन शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

प्रदेश न ३ का सांसद रत्न ढकालले प्रदेश, संघ र स्थानीय तीनै सरकारले मिलेर समग्र विकासको योजना अगाडि बढाएकाले अहिले नै सरकार कहाँ हराए भन्ने समय आइनसकेको बताउनुभयो । उहाँले रामेछाप जिल्ला र काभे्र कोसीपारिका जनताका लागि यस अस्पतालले ठूलो राहत दिने भएकाले समय मै सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । सांसद ढकालले गरिबी जनताले टाढा पुगेर स्वास्थ्य उपचार गर्न नसक्ने तर गाउँ मै अस्पताल बनेपछि सहज रुपमा सेवा लिन सक्ने भएकाले प्रदेश सरकारले ल्याएको यस योजनाका लागि जनताका तर्फबाट धन्यवाद दिन चाहन्छु भन्नुभयो ।

चौरी देउराली गाउँपालिकाका वडा न ५ का वडा अध्यक्ष राजकुमार गौतमले चार करोड ६६ लाखमा उक्त अस्पताल बन्न लागेको बताउनुभयो । दुई बर्षभित्रमा सक्ने लक्ष्य सहित उक्त अस्पताल भवन निर्माण सुरु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?