logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोाना सङ्क्रमितको सङ्ख्या चार करोड नाघ्यो


नयाँदिल्ली, माघ १२ गते । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको बुधबार जनाइएको छ । बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको सङ्ख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसै अवधिमा कोरोना सङ्क्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २२ लाख २३ हजार १८ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?