logo
२०८० चैत्र १६ शुक्रवार



छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

अन्तर्राष्ट्रिय |


छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे


एथेन्स, माघ ६ गते । फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन् ।

बाँकी जेटहरू यस वर्षको अन्त्यमा र सन् २०२३ सम्ममा पठाइने बताइएको छ । ग्रीसले १६ महिनाअघि ग्रीक सशस्त्र बलको प्रतिरोध क्षमतालाई बलियो बनाउन पाँचवर्षे योजनाको रूपमा जेटहरू खरिद गर्ने निर्णय गरेको थियो ।

डसल्ट एभिएसनसँगको सम्झौतालाई एथेन्स र पेरिसले ग्रीक(फ्रान्सेली सहयोगमा कोसेढुङ्गाको रूपमा लिएका छन् । यसबाट युरोपलाई आफ्नै रणनीतिक स्वायत्तता निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?