logo
२०८० चैत्र १५ बिहीवार



मच्छिन्द्रको अपराजित यात्रा कायम

फुटबल |
खेलकुद |


मच्छिन्द्रको अपराजित यात्रा कायम


काठमाडौँ, मङ्सिर २२ गते । साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो ।

स्टार खेलाडीको साथ पाएको मच्छिन्द्रको जितमा रन्जित धिमालले २१ औँ मिनेटमा गोल गर्नुभयो । रन्जितले फ्रिकिक प्रहारमा सोझै जाली चुमाउनुभएको थियो । मच्छिन्द्रलाई अर्को गोल जावलाखेलबाट आत्मघाती उपहार मिलेको थियो । १४औँ मिनेटमा बल बचाउने क्रममा जावलाखेलका सिमन्त थापाको प्रहार आफ्नै पोस्ट्मा छिरेको थियो । जितसँगै तीन खेलबाट सात अंक बनाएको मच्छिन्द्र दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको सातदोबाटो र तेस्रो स्थानमा रहेको मनाङको पनि समान सात अंक छ ।

मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा भने मच्छिन्द्र त्रिभुवन आर्मी क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । जावलाखेलको यो लगातार तेस्रो हार हो । जाउलाखेल पहिलो खेलमा मनाङ र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग समान १–० गोलले पराजित भएको थियो । पराजित जावलाखेलले खाता खोल्न सकेको छैन । मच्छिन्द्रका रन्जित धिमाल ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?