logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम

अन्तर्राष्ट्रिय |


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ वर्षपछिकै कम


नयाँदिल्ली, मङ्सिर २१ गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सबैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सबैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सबैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएकामध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना छन । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ छ । यो सङ्ख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

कुल सङ्क्रमितमध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै छन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ । दैनिक सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?