logo
२०८० चैत्र १६ शुक्रवार



भारतमा ओमिक्रोनका २१ सङ्क्रमित भेटिए

अन्तर्राष्ट्रिय |


भारतमा ओमिक्रोनका २१ सङ्क्रमित भेटिए


नयाँदिल्ली, मङ्सिर २० गते । भारतमा ओमिक्रोन भाइरसका कम्तीमा पनि २१ जना नयाँ सङ्क्रमित देखिएका छन् । हालै अफ्रिकामा देखिएर विश्वका अरु देशसम्म पुगेको भनिएको कोरोना भाइरसको यो भेरियन्ट भारतमा केही दिन अघि देखिएको थियो । यहाँ आइतबार बिहानसम्म पाँच जनामात्र सङ्क्रमित रहेकामा त्यसमा वृद्धि भएर साँझसम्ममा २१ जना पुगेका हुन् ।

यीमध्ये जयपुरबत्राट नौ जना सङ्क्रमित भेटिएको बताइएको छ । त्यसैगरी सात जना महाराष्ट्रबाट भेटिएका पनि बताइएको छ ।अरु सङ्क्रमितहरु नयाँ दिल्लीमा नै भेटिएका छन् । आइतबार एकै दिन १७ जना सङ्क्रमित भेटिएपछि भारतमा ओमिक्रोनबाट सतर्क रहन सरकारले देशव्यापी रुपमा सूचना जारी गरेको बताइएको छ । नयाँ दिल्लीबाहेक अरु थप २ जना कर्नाटकबाट पनि भेटिएका बताइएको छ । पहिलो सङ्क्रमण केही दिन अघि दक्षिण अफ्रिकाबाट आएकामा देखिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?