logo
२०८० चैत्र १५ बिहीवार



भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित


नयाँदिल्ली, मङ्सिर १८ गते । भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

शुक्रबार कोरोना सङ्क्रमणबाट ४१५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७० हजार ५३० पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार १९० जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४० लाख ५३ हजार ८५६ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?