logo
२०७८ माघ ५ बुधवार



बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज दिने

अन्तर्राष्ट्रिय |


बेलायतले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको  बुस्टर डोज दिने


लन्डन, मङ्सिर १५ गते । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यहाँका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा दिने जानकारी दिनुभएको छ । उहाँले मङ्गलबार आयोजित एक पत्रकार सम्मेलनमा सो कुरा बाउनुभएको हो । उहाँले भन्नुभएको छ–सरकारले आगामी जनवरीको अन्त्यसम्ममा बेलायतका सबैजना १८ वर्षमाथिका नागरिकलाई बुस्टर डोज खोप दिनेछ ।

यस प्रयोजनका लागि बेलायत सरकारले देशैभरि एक हजार ५०० खोप केन्द्रको व्यवस्था गरेको र आगामी जनवरीको अन्तिम सम्ममा देशैभरिका १८ वर्षमाथिका नागरिकलाई खोप दिने पनि बताउनुभयो । उहाँले अब अहिलेकै अवस्थामा बेलायतमा अर्को लकडाउन नगरिने पनि बताउनुभयो । उहाँले नयाँ भाइरस ओमिक्रोनका विरुद्धमा लड्नका लागि नागरिकहरुले नै सरकारलाई बल दिनुपर्छ, तर अब लकडाउनकाे अवस्था आउँदैन भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप