logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते

अन्तर्राष्ट्रिय |


अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीनको मृत्यु, आठ घाइते
सांकेतिक तस्बिर


अक्सफोर्ड, मङ्सिर १५ गते । अमेरिकाको एउटा विद्यालयमा भएको गोली प्रहार सम्वन्धी घटनामा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको ओक्ल्याण्ड काउन्ट्रीअन्तर्गत पर्ने मिचिगनमा रहेको अक्सफोर्ट उच्च माध्यामिक विद्यालयमा मङ्गलबार घटना भएको हो ।

विद्यालयका १५ वर्षीय एक विद्यार्थीले गोली प्रहार गर्दा किशोरावस्थाका तीन जनाको मृत्यु भएको हो भने अरु आठ जना घाइते भएका हुन् ।

गोली प्रहारको घटना भएलगत्तै ती किशोरलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा विद्यालयमा गोली प्रहारका घटना बेला बेलामा भइरहने गरेको अधिकारीहरुले जनाएका छन् । घाइते भएकामध्ये एक जना शिक्षक छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

घाइतेमध्ये छ जनाको अवस्था सामान्य छ भने दुई जनाको शल्यक्रिया नै गरिएको चिकित्सकहरुले जानकारी दिएका छन् । त्यसैगरी मृत्यु भएका तीन जनामध्ये दुई जना छात्रा छन् भने एक जना छात्र छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?