logo
२०८१ बैशाख ८ शनिवार



सोमालियाको राजधानीमा भएको विस्फोटमा परी कैयौंको मृत्यु

अन्तर्राष्ट्रिय |


सोमालियाको राजधानीमा भएको विस्फोटमा परी कैयौंको मृत्यु
सांकेतिक तस्बिर


मोगादिसु, मङ्सिर ९ गते । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विस्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।

नाम नखुलाइकन एक प्रहरी अधिकारीले सिन्ह्वालाई मोगादिसुको KM4 जंक्शन नजिकै भएको विस्फोटमा धेरै हताहत भएको बताएका छन् । प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थीसहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।

त्यसैगरी प्रत्यक्षदर्शीहरूले होडान जिल्लामा ठूलो विस्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?