logo
२०८० चैत्र १५ बिहीवार



परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत : अध्यक्ष नेपाल

राष्ट्रिय |


परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत : अध्यक्ष नेपाल


प्रकाशविक्रम शाह
धनगढी, कात्तिक ११ गते । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने बारे गठबन्धनमा कुनै छलफल नभएको बताउनुभएको छ ।
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताउनुभयो ।
अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भन्नुभयो, हामी अहिलेकै गठबन्धनबाट चुनावमा जाने सोचमा छौ ।
एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धन बनाएर चुनाव लड्न खोज्नुभएको हो भन्ने प्रश्नमा उहाँले हिजो एमालेले पनि राप्रपा र माओवादीसित गठबन्धन गरेको स्मरण गर्नुभयो ।
अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तत्काल परिवर्तन नहुने सङ्केत गर्नुभएको छ । तीन पार्टीले दुई÷दुई मुख्यमन्त्री लिने भन्ने छ उहाँले भन्नुभयो, अन्तिमतिर केही हुन्छ कि सल्लाह हुँदैछ ।
अध्यक्ष नेपाल कञ्चनपुरको पार्टी कार्यालय उद्धघाटनका लागि सुदूरपश्चिम आउनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?